back
CTIZAN AD

जापानद्वारा उदयपुरको महिला सहकारीलाई सहयोग

वि.सं.२०७३ फागुन २२ आइतवार

876 

shares

२२ फागनु, काठमाडौँ । जापान सरकारले नेपाल सामाजिक विकास तथा जनसशक्तीकरण केन्द्र (नेस्पेक) लाई रु ८५ लाख ८७ हजार बराबरको सहयोग प्रदान गर्ने भएको छ ।

सो सहयोग जापान सरकारको निम्नवर्ग मानव सुरक्षा आयोजनाअन्तर्गत उदयपुर जिल्लामा महिला सहकारीको तालिम केन्द्र निर्माण गर्न प्रयोग गरिनेछ ।

त्यसका लागि नेस्पेकले साना किसान महिला कृषि सहकारी समाज, रामपुर ठोक्सिलासँग मिलेर काम गर्ने यहाँस्थित जापानी दूतावासले शुक्रबार प्रकाशित प्रेस विज्ञप्तिमा जनाएको छ ।

त्यससम्बन्धी कागजातमा जापानी राजदूत मासासी ओगावा र नेपाल सामाजिक विकास तथा जनसशक्तीकारण केन्द्रका अध्यक्ष गङ्गा राईले दूतावासमा हस्ताक्षर गर्नुभयो ।

सो सहयोगबाट ठोक्सिला गाविसका महिला कृषकको आयआर्जन बढाउन सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७३ फागुन २२ आइतवार ०२:५५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...