back

जापानद्वारा उदयपुरको महिला सहकारीलाई सहयोग

वि.सं.२०७३ फागुन २२ आइतवार

546 

shares
IME Limited
NTC AD

२२ फागनु, काठमाडौँ । जापान सरकारले नेपाल सामाजिक विकास तथा जनसशक्तीकरण केन्द्र (नेस्पेक) लाई रु ८५ लाख ८७ हजार बराबरको सहयोग प्रदान गर्ने भएको छ ।

सो सहयोग जापान सरकारको निम्नवर्ग मानव सुरक्षा आयोजनाअन्तर्गत उदयपुर जिल्लामा महिला सहकारीको तालिम केन्द्र निर्माण गर्न प्रयोग गरिनेछ ।

त्यसका लागि नेस्पेकले साना किसान महिला कृषि सहकारी समाज, रामपुर ठोक्सिलासँग मिलेर काम गर्ने यहाँस्थित जापानी दूतावासले शुक्रबार प्रकाशित प्रेस विज्ञप्तिमा जनाएको छ ।

त्यससम्बन्धी कागजातमा जापानी राजदूत मासासी ओगावा र नेपाल सामाजिक विकास तथा जनसशक्तीकारण केन्द्रका अध्यक्ष गङ्गा राईले दूतावासमा हस्ताक्षर गर्नुभयो ।

सो सहयोगबाट ठोक्सिला गाविसका महिला कृषकको आयआर्जन बढाउन सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७३ फागुन २२ आइतवार ०२:५५ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...