back
CTIZAN AD

दिसाको व्यवस्थापन गर्न पनि पैसा विदेशीसंग माग्ने ?

वि.सं.२०७३ फागुन २१ शनिवार

786 

shares

bhim-updhaya

नेपालमा घरघरबाट आउने चर्पी वा बाथरूम वा किचेनको फोहर पानीको ८% मात्र ढल प्रणालीमा जान्छ, यसको पनि २५% भन्दा कम ढल प्रसोधन भएर खोला नदीमा फालिन्छ । बॉका सबै चर्पी वा फोहर पानी वा लेदो सीधै नदी खोलामा अप्रसोधित रूपमै बगाइन्छ ।

करिब ९०% घरपरिवारमा अहिले चर्पी वनिसकेको छ र यी चर्पीका दिसापिसाब जमिनमा गाडिएको छ वा नजिकको नदीमा वा भिरबाट वगाईन्छ । हामी चर्पीमा दिसा गर्ने बानी वसाल्न त लाग्यौ तर अब दिसालाई त्यतिकै अप्रसोधित छाड्दा पर्यावरणीय वा स्वास्थ्यको समस्या विकराल हुने अवस्थामा पुगेका छौं ।

दिसापिसाब र ढललाई प्रसोधन गरि पुन पिउनयेग्य पानी र जिरो वेस्ट वनाउने प्राविधिक यन्त्रको आविस्कार भैसकेको छ । यस्ता यन्त्र अन्तरिक्षयान गाडी वा हवाईजहाजमा जडान हुने गर्छन् वा गर्न थालिसकिएको छ । यो यन्त्रको नाम ओम्नीप्रोसेसर Omni-processor हो । खानेपानी मन्त्रालयले सिंहदरवार परिसरका सबै भवनबाट उत्सर्जित सबै वेस्टवाटरलाई रिसाकल गरि पुन शु्द्ध वनाउन यो यन्त्रको परिक्षण प्रयोग गर्नेबारेमा गम्भिर विचारविमर्श गरिरहेको छ । यो यन्त्रको लागत करिव रू २८ करोड पर्छ भन्ने जानकारी आएको छ । यदि कुरा मिल्यो भने यसको परिक्षण चाडै गरेर सिंहदरवारवाटै नेपालमा पहिलो पूर्ण ‘वेस्टवाटर रिसाकल प्रणाली’ स्थापना हुने आशा छ ।

पेट भर्न त विदेशी सहयोग मागौला र देलान पनि तर पेटभरेपछि दिसाको व्यवस्थापन गर्न पनि पैसा विदेशीसंग माग्ने? अनि तिनले देलान् र ?  यसमा गंभीर हुने वेला आयो है ?

( खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भिम उपाध्यायको फेसबुक वालमा उठाइएको यो सवाल सान्दर्भिक लागेकोले साभार गरिएको हो । )

 

वि.सं.२०७३ फागुन २१ शनिवार १४:५५ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...