नेपालमा घरघरबाट आउने चर्पी वा बाथरूम वा किचेनको फोहर पानीको ८% मात्र ढल प्रणालीमा जान्छ, यसको पनि २५% भन्दा कम ढल प्रसोधन भएर खोला नदीमा फालिन्छ । बॉका सबै चर्पी वा फोहर पानी वा लेदो सीधै नदी खोलामा अप्रसोधित रूपमै बगाइन्छ ।
करिब ९०% घरपरिवारमा अहिले चर्पी वनिसकेको छ र यी चर्पीका दिसापिसाब जमिनमा गाडिएको छ वा नजिकको नदीमा वा भिरबाट वगाईन्छ । हामी चर्पीमा दिसा गर्ने बानी वसाल्न त लाग्यौ तर अब दिसालाई त्यतिकै अप्रसोधित छाड्दा पर्यावरणीय वा स्वास्थ्यको समस्या विकराल हुने अवस्थामा पुगेका छौं ।
दिसापिसाब र ढललाई प्रसोधन गरि पुन पिउनयेग्य पानी र जिरो वेस्ट वनाउने प्राविधिक यन्त्रको आविस्कार भैसकेको छ । यस्ता यन्त्र अन्तरिक्षयान गाडी वा हवाईजहाजमा जडान हुने गर्छन् वा गर्न थालिसकिएको छ । यो यन्त्रको नाम ओम्नीप्रोसेसर Omni-processor हो । खानेपानी मन्त्रालयले सिंहदरवार परिसरका सबै भवनबाट उत्सर्जित सबै वेस्टवाटरलाई रिसाकल गरि पुन शु्द्ध वनाउन यो यन्त्रको परिक्षण प्रयोग गर्नेबारेमा गम्भिर विचारविमर्श गरिरहेको छ । यो यन्त्रको लागत करिव रू २८ करोड पर्छ भन्ने जानकारी आएको छ । यदि कुरा मिल्यो भने यसको परिक्षण चाडै गरेर सिंहदरवारवाटै नेपालमा पहिलो पूर्ण ‘वेस्टवाटर रिसाकल प्रणाली’ स्थापना हुने आशा छ ।
पेट भर्न त विदेशी सहयोग मागौला र देलान पनि तर पेटभरेपछि दिसाको व्यवस्थापन गर्न पनि पैसा विदेशीसंग माग्ने? अनि तिनले देलान् र ? यसमा गंभीर हुने वेला आयो है ?
( खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भिम उपाध्यायको फेसबुक वालमा उठाइएको यो सवाल सान्दर्भिक लागेकोले साभार गरिएको हो । )