back
CTIZAN AD

ग्लोबल आइएमई बैंकले निशुल्क डाटा उपलब्ध गराउने

वि.सं.२०७८ मंसिर ८ बुधवार

846 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेसन चलाउँदा निशुल्क डाटा उपलब्ध गराउने भएको छ ।

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्टप्लस’ चलाउन डाटा उपलब्ध गराउने बैंकले जनाएको छ । तर सो सुविधा नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुले मात्रै पाउने बैंकले बताएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमाग्लोबल आइएमई बैंकको सो नयाँ पहल हो ।

सो सुविधा ग्राहकहरुलाई उपलब्ध गराउनको लागि बैंकले नेपाल टेलिकमसँग समझदारी गरेको छ । बैंक र नेपाल टेलिकमबीचमा मंगलवार समझदारी भएको बैंकले जनाएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८५० सेवा केन्द्रबाट सेवा प्रदान गरेको जनाएको छ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार २१:०५ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...