काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सी. आर. एन. तथा डिम्याट नम्बर बिबरण हेर्ने सुविधाको विकास गरेको छ । बैंकले बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरि स्तारोन्नती गरे पश्चात सो सेवाको सुरुवात गरको जनाएको छ ।
सो सेवा प्रारम्भ भएसंगै प्राथमिक शेयर निश्कासनको समयमा आवश्यक सी आर एन नं याद गरिरहन पर्ने झन्झटबाट ग्राहकहरु मुक्तहुने विश्वास बैंकले गरेको छ । हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका र नभएका ग्राहकहरुलाई लक्षित गर्दै बिना चेक इक्यास पठाउने, रकम जम्मा गर्ने र इ भौचर प्रयोग गर्ने लगाएत सुविधा थप गरेको छ । स्तरोन्नती सँगै अब बैंकका ग्राहकहरुले बैंकमा नै नगई मोबाइलवा कम्प्युटरका माध्यमबाट घरमा नै बसीबसी बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका १ सय ७४ वटा शाखा, १ सय २३ वटा एटिएम र १ सय १३ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार २१:०३ मा प्रकाशित






























