काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो हैटौंडामा सार्वजनिक गरेको छ ।
त्यस्तै महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो एक समारोहका साथ चितवनमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९, हाकिमचोक, चितवनमा पनि ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण हुन्छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्ने तयारी लागि बुकिङ सुरु भएको जनाइएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा उक्त ट्रियो बिक्री गर्नेछ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार २१:०० मा प्रकाशित






























