काठमाडौं । सन नेपाल लाइफले उत्कृष्ट अभिकर्तालाई सम्मानित गरको छ । रुकुम, सल्यान, दाङको घोराही, लमही, तुल्सीपुर र हापुरे कार्यालयहरुमा उत्कृष्ट अभिकर्तालाई कार्यक्रम गरि सम्मान गरेको हो । लाइफका महाप्रवन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गरिएको थियो ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट सन नेपाल लाइफले बीमा सेवा प्रदान गर्दै आएको छ । सो कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार २०:५६ मा प्रकाशित






























