back
CTIZAN AD

सभामुख अग्नि सापकोटा स्पेन प्रस्थान

वि.सं.२०७८ मंसिर ९ बिहीवार

693 

shares

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४३ औं सम्मेलनमा भाग लिन बुधबार राति स्पेन प्रस्थान गरेका छन् ।

उक्त सम्मेलनमा भागलिनका लागि सभामुखको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलमा प्रतिनिधिसभा सदस्य देव गुरुङ, लक्ष्मी कुमारी चौधरी, राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई रहेका छन् ।

ससद सचिवालयका अनुसार उक्त प्रतिनिधि मण्डलमा संघीय संसदका महासचिव महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ तथा स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी पनि सहभागी हुने बताइएको छ ।

आइपीयू र स्पेनको संसदको आयोजनामा स्पेनको मेड्रिडमा यहि मंसिर १० देखि १४ गतेसम्म हुने उक्त १४३ औं आइपीयू सम्मलेनमा २८ नोभेम्बर ( आइतवार) का दिन सभामुखको सम्बोधन रहेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सभामुखको टोली मंसिर १६ गते नेपाल फर्किने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०९:१७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...