back
CTIZAN AD

आज बार र नागरिक समाजले सर्वोच्च देखि बालुवाटारसम्म मार्चपास गर्ने

वि.सं.२०७८ मंसिर ९ बिहीवार

615 

shares

काठमाडौं । नेपाल बार एशोसियशन र नागरिक समाजले आज सर्वोच्च अदालतको ढोकादेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जवराको राजीनामाको माग गर्दै लामो समयदेखि आन्दोलनरत कानुन व्यवसायी र नागरिक समाजका अभियन्ताहरुले आज २ बजे सर्वोच्च अदालतको ढोकादेखि बालुवाटारसम्म मार्चपास गर्ने भएका हुन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बालुवाटारको आडमा प्रधानन्यायाधिशले आफ्नो हठ नत्यागेको आरोप लगाउँदै बालुवाटारलाई सुनाउनका लागि मार्चपासको आयोजना गरिएको बताएका छन् ।

त्यस्तै बृहद नागरिक आन्दोलनका अगुवा तथा पत्रकार नारायण वाग्लेले पनि उक्त मार्चमा सहभागी हुन सबैलाई अनुरोध गर्दै राजनीतिक नेतृत्वलाई संवैधानिक दायित्व पूरा गर्न दबाब दिने बालुवाटार न्याय मार्च गर्न लागेको बताएका छन् ।

‘न्यायलाई किनबेचको विषय बनाउने र बढाउने गरी व्याप्त बिचौलियाराज विरूद्व राजनीतिक नेतृत्वलाई संवैधानिक दायित्व पूरा गर्न दबाब दिने बालुवाटार न्याय मार्च । आज दुई बजे सर्वोच्च अदालत ढोकादेखि । सबै न्यायप्रेमीलाई सहभागिता निम्ति आह्वान !’ वाग्लेले भनेका छन् ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०८:५८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...