इटहरी । जेल सजायबाट जोगिनका लागि सुनसरीका एक ययुवाले आफ्नै मृत्यु दर्ता गराएका छन् ।
सुनसरी इनरुवा ७ का अजित मियाँले कैद सजायबाट जोगिन आफ्नै मृत्यु दर्ता गराएको खुलासा भएको छ । रामधुनी ५ का जयस कुमार साहको घरमा २०६८ भदौ १७ गते भएको डकैती घटनामा अदालतले अजितसहित ३ जनालाई कसुरदार ठहरेको थियो । तीनमध्ये लुचाइ शर्मा खत्वे पक्राउ परे पनि अजितले मृत्युदर्ता प्रमाणपत्र बनाएर आफुलाई भाइ अजिजका रुपमा चिनाउँदै आएको समाचार बिहीवारको अन्नपूर्ण पोष्टमा समाचार छ ।
अजितले २०७५ मंसिर २७ गते मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको छ । इनरुवा ७ बाट लिइएको उक्त मृत्युदर्ता प्रमाणपत्रमा स्तानीय पन्जाधिकारीको ठाउँमा गोपालप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् । उनको मृत्युदर्ताको प्रमाणपत्र नम्बर २०४६०२०१००८६४–२ रहेको छ ।
उनले आफुलाई भाइ अजिजको रुपमा चिनाउँदै अजितको मृत्यु भइसकेको भन्दै आएका थिए । पक्राउ परेका लुचाई शर्माले अजिज नै अजित हो भनेर सनाखत गरिदिएपछि सुनसरी जिल्ला प्रहरीले अजितलाई पक्राउ गरेको छ ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार ०८:३७ मा प्रकाशित






























