back
CTIZAN AD

कविता: प्रतिविम्ब

वि.सं.२०७८ मंसिर २५ शनिवार

843 

shares

आज पनि पैँयु
त्यस ठाउँमा त्यसरी नै फुलेको छ
जसरी फुलेका हुन्थे उसबेला ।
बाल्यकालका ती रमाइला क्षणहरू
घुरयानमा चारो टिप्न आएको
भङ्गेरा उड़े जस्तै खै ! कता कता पो उड़ेछन् !
ईर्ष्या र द्वेषविहिन हाम्रा अनुहारहरूमा
समयले खोई कस्तो गम्भिर लिपिदियो
छातीमा खोई कस्तो संसारिकता हुलिदियो

– बुझ्न गाह्रो छ ।

ठाउँ त्यही छ, त्यही छ पाठशाला ।
पाठशाला भवन पक्की भएको छ
तर मनहरू साह्रै कच्चा भएका छन् ।
अनायासै सम्झनाले
त्यही डोरी तान्न लगाएको छ यतिखेर
जहाँ हार्दा पनि जिन्दगीलाई
हारेको आभास थिएन !
पैंयु फूलको यो बेला त्यही हो–
त्यसबेलाको सङ्गलो मन
आज छैन ।

धमलिएको छ यो –
आफ्नै प्रतिविम्ब पनि
नचिनिने मान्छे जस्तै
विरानो भइसकेको छ ।
एउटा अलौकिक सौन्दर्य जस्तै
त्यही रमाइलोपनको
स्मृति बाँच्दैछु म- यतिबेला ।
कहाँ कहाँ पुगे होलान्
मेरा दौतरीहरू
मैंले टोकेको
जुठो अम्बा खोसेर खाने
ती बाल सखाहरू !

वि.सं.२०७८ मंसिर २५ शनिवार ०८:३८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...