back
CTIZAN AD

कविता: ए हिमाल !

वि.सं.२०७८ मंसिर २५ शनिवार

2.1K 

shares

ए हिमाल !
भनिदिनु उसलाई
म फर्की आउँदा
मेरो प्राण साथमा लिन
नसकेपनी
त्यो निष्प्राण शरीरले
जन्मभूमिको ऋण चुकाउन
एक मुठ्ठि अवशेषसँग
एक अँगालो मर्यादा अवश्य फिर्ता लिनेछ ।
उसको उजाडिएको सिउँदो भर्न
एक अञ्जुली सम्मान र
चुरा उतारिएको नाङ्गो हाथलाई श्रृङ्गारन
एक जुनि स्वभिमान
रित्तो उर्दीको चिनोमा गुट्मुटाएर
अवश्य फिर्ता लिनेछ ।

ए हिमाल !

सुनाइदिनु उसलाई
हाम्रो वीरताको गाथा ।

सक्छौं भने सम्झाउनु उसलाई
माटोको लडाइँमा माटो बन्नुपरेको मेरो शरीरमा
नखसाल्नु एकै थोपा आशु
किनकि
आज मेरो शरीर मरेर, आत्मा अमर बनेको छ ।

तिम्रो थिलथिलो शरीरमा
धसिएको घुँडा र कुहिनोको कथा
रातो घामसँग साटेको
शीतल पसिनाको कथा ।
अनि सक्छौ भने
तिम्रो साम्राज्यमा बगाएको
फाल्सा रगतको साटो
वर्षाईदिनु
मनग्गे खुशी र हाँसोको वर्षा
उसको रंगहीन उजाड जीवनमा ।
भरिदिनु !
अभावका रित्तो मुहारमा
मैले साँचेको मायाको लाली ।

ए हिमाल !
तिम्रो शिर सदैव उच्च राख्न
दुई आत्महरु बीचको लडाइँमा
घाइते बनेको म
मेरो हकको गोली पचाएर
जीर्ण भएको यो शरीर उभाउने
एक पाइला जमीन बचाउन
शवहरुको लस्कर पन्छाउदै अघि बढेको
वीरगतिको त्यो अफ्ठ्यारो बाटो
देखाईदिनु उसलाई
तिमी उभिएको ठाउँबाट ।

सक्छौं भने सम्झाउनु उसलाई
माटोको लडाइँमा माटो बन्नुपरेको मेरो शरीरमा
नखसाल्नु एकै थोपा आशु
किनकि
आज मेरो शरीर मरेर, आत्मा अमर बनेको छ ।
आखिर, जिवित शरीरबाट शव बनेको यो शरीरले
जिवित शरीरहरुलाई शव पनि त बनाएको हो ।
बरु भनिदिनु उसलाई
मैले हाम्रो सौभाग्यको साटो
उज्ज्वल भविष्य बचाएको छु ।
मैले हामी बस्ने घर उजाडेर
हामी जस्तै हजारौं बस्ने देश–बचाएको छु।
र बचाएको छु
केहि लम्बाई यो शरीर अटाउने
एक पाइला जमीन ।

वि.सं.२०७८ मंसिर २५ शनिवार ०८:४० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...