back
CTIZAN AD

जापानको ओसाकामा ओमिक्रोन भेरिएन्टको सङ्क्रमण समुदायमा फैलिएको आशंका

वि.सं.२०७८ पुस ७ बुधवार

801 

shares

टोकियो । जापानले ओसाका प्रिफेक्चरमा कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको बुधबार बताएको छ ।

विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई कोभिड–१९ सङ्क्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरिएन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बताए ।

हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा क्वारेन्टीनमा बसेपनि उनीसँग परिवारका अन्य सदस्यसँग भेट भएको र प्रारम्भिक परीक्षणले उनलाई ओमिक्रोन भेरिएन्ट सङ्क्रमण भएको पुष्टि गरेको छ ।

सङ्क्रमित भएको आशङ्का गरिएका व्यक्तिमा ३० वषीर्य पुरुष र उनकी श्रीमती र १० वर्षभन्दा कम उमेरकी बालिका रहेकी छन् ।

उनीहरूलाई ज्वरोलगायत हल्का लक्षणहरू देखा परेपछि शनिबारदेखि सोमबारसम्म अस्पतालमा भर्ना गरिएको थियो ।

ओसाका प्रिफेक्चर प्रशासनले विदेशबाट आएका सङ्क्रमित ती युवासँग परिवारका सदस्यहरूसँग हेलमेल भएको पहिचान गरिसकेको बताएको छ ।

स्वास्थ्य अधिकारीहरूले थप परीक्षणलाई अघि बढाएका छने भने उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरेका छन् । ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले कडा सीमा नियन्त्रण मार्फत जापानले ओमिक्रोन भेरिएन्टको प्रवेश रोक्ने प्रयास गरेको बताउनुभयो । उहाँले नियन्त्रण प्रयासबीच उक्त घटना सम्भवतः जापानमा ओमिक्रोन सङ्क्रमणको पहिलो घटना भएको बताए ।

योशिमुराले त्यहाँका बासिन्दाहरूलाई ‘ओमिक्रोन समुदायमा फैलिएको छ’ भन्ने आधारमा आफूलाई संक्रमणबाट जोगाउन कदम चाल्न आह्वान गरेका छन् ।

पश्चिमी क्षेत्रमा भएका घटनाहरूलाई सामुदायिक प्रसारणको रूपमा लिनुपर्छ र सरकारले आवश्यक सबै सावधानीहरू अपनाउने कुरा स्वास्थ्य मन्त्री शिगेयुकी गोटोले सञ्चारकर्मीसँग बताए । गोटोले भने, “यतिबेला देशमा कोभिडको ओमिक्रोन संस्करण समुदायसम्म फैलिएको हुनसक्नेमा कुरामा अझै प्रशस्त आधारहरू नभेटिएको भएपनि सावधानी अपनाउनु राम्रो उपाय हुनेछ ।

प्रधानमन्त्री फुमिओ किशिदाले मंगलबार बताएअनुसार जापानले आगामी वर्षको जनवरीको शुरुमा ‘केही समयको लागि’ वर्तमान सीमा नियन्त्रण उपायहरू विस्तार गर्नेछ किनभने एसियाली देश कोभिडका परिवर्तीत संस्करण फैलिनसक्ने तनावको अनिश्चितताबीच सतर्क रहेको छ ।सिन्ह्वा

वि.सं.२०७८ पुस ७ बुधवार १९:४८ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...