back
CTIZAN AD

ग्रीसको तटीय क्षेत्रमा शरणार्थी बोकेको डुङ्गा डुब्दा दर्जनौं वेपत्ता

वि.सं.२०७८ पुस ७ बुधवार

813 

shares

एथेन्स, ग्रीस । आप्रबासी तथा शरणार्थी बोकेको एउटा डुङ्गा ग्रीसको फोलेगान्ड्रोस टापू नजिकैको तटीय क्षेत्रमा डुब्दा दर्जनौं व्यक्तिहरू वेपत्ता भएको ग्रीसको तटीय सुरक्षा संयन्त्रले बुधबार जानकारी गराएको छ ।

तटीय सुरक्षा अधिकारीले कम्तीमा १२ जना यात्रुलाई जीवितै उद्धार गरिएको र बाँकी दर्जनौँ व्यक्तिको अवस्था अज्ञात रहेको बताए ।

केही जीवित व्यक्तिले डुङ्गामा ३२ जना रहेको बताए । यद्यपि उनीहरूमध्येका एकजनाले भने यो सङ्ख्या ५० भन्दा बढी रहेको बताए ।

ग्रीक अधिकारीले सिन्ह्वालाई इमेलमार्फत दिएको प्रेस वक्तव्यमा अहिलेसम्म जीवितहरुको राष्ट्रियता स्पष्ट नखुलाइएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “डुङ्गा दुर्घटनामा परेका १२ जनाको उद्धार गरिएको छ भने बाँकी सबैको खोज र उद्धार कार्य सुरु गरिएको छ ।”

ग्रीस सन् २०१५ देखि आप्रबासी तथा प्रवासी शरणार्थी प्रवाहको अग्रपङ्क्तिमा रहेको छ र विगत छ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ ।सिन्ह्वा

file photo

वि.सं.२०७८ पुस ७ बुधवार १९:५१ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...