back
CTIZAN AD

उत्सब रसाइलीले लगाए रजतपटका प्रकाश सुवेदीलाई यस्तो आरोप

वि.सं.२०७८ पुस ९ शुक्रवार

945 

shares

काठमाडौं । सिने पत्रकार उत्सव रसाइलीले रजतपटका प्रस्तोता प्रकाश सुवेदीले आफ्ना भाइ भतिजा जस्ता कलाकर्मीलाई गिराएर खसालेर रजतपटको रफ्तार अगाडि बढाएको आरोप लगाएका छन् ।

रजतपट कार्यक्रममा कलाक्षेत्रका विशेषत नायिकाहरुलाई बोलाएर वा नबोलाई विभिन्न कुरामा उछितो काढ्ने गरेका प्रकाश सुवेदीले रसाइली लगायतहरुको मिहेनत र लगनशीलतालाई नजर अन्दाज गरेर सिर्फ “पकेटका पत्रकार“ भनेको भन्दै दुःख व्यक्त गरेका छन् ।

‘मन फाट्यो दाई ! यदि तपाईंलाई कसैले कुनै माध्यमबाट बारम्बार “पेटीकोट पत्रकार“ भन्यो भने तपाईँकी श्रीमती र छोरीलाई कस्तो चोट पर्ला ! त्यो चोट तपाईंलाई नपरोस् !’ सामाजिक संजालमा दुःख व्यक्त गर्दै रसाइलीले भनेका छन् ।

के भनेका छन् त रसाइलीले ?
प्रकाश सुवेदी दाई उर्फ रजतपट अंकल नमस्कार
अब तपाईसँग सिधा सम्पर्क लगभग असम्भव जस्तै रह्यो । सम्पर्कको तार तपाईंले नै टुटाउनु भयो । म र म जस्ता भाई, बैनी र भतिजहरुलाई (कलाकर्मीहरु पनि) गिराएर र खलासेलर रजतपटको रफ्तार चलिरहेकै छ ! लकडाउनमा “लौन भाई युटुवमा चलाउँछु, सब्सक्राइब बढाउन च्यानल सेयर गर्नु पर्यो“ भनी मैंले सेयर गरेको भुसुक्कै भुल्नु भएछ । अझ मेरो पारिवारिक पीडाको कथा पढेर रुदै भेट्न आएको पनि मलाई याद छ ।

म लगायत म जस्ता साथीहरुको रहर, मिहेनत र लगनशीलतालाई नजर अन्दाज गरेर सिर्फ “पकेटका पत्रकार“ भन्दा मन फाट्यो दाई ! यदि तपाईंलाई कसैले कुनै माध्यमबाट बारम्बार “पेटीकोट पत्रकार“ भन्यो भने तपाईँकी श्रीमती र छोरीलाई कस्तो चोट पर्ला ! त्यो चोट तपाईंलाई नपरोस् !


तर, प्रकाश दाई !
जान्दा, जान्दै बुझ्दा, बुझै कसैलाई पटक पटक गिराउनु र गाली गर्न चाहिं गलत हो । र, एक प्रकारको पाप हो । तपाईंकै भनाईमा डलरको खेती गर्नु हो । यदि तपाईँ हामी डलरकै खेती गर्नलाई अरुलाई खेत्दै छौं भने आजै बाट यो विकासे खेती बन्द गरौं । बरु कुटो कोदालो लिएर गाउँ फर्कौं ।

यदि त्यस्तो होइन र व्यावसायिक र भाई भतिजाको सम्बन्ध राख्ने हो भने एक अर्कालाई सल्लाह, सुझाव दिएर सचेत गराऔं । ढोल पिटेर जग नहसाऊँ, नतर्साऊँ ! धार्मिक श्लोक भटट भन्ने प्रकाश दाईबाट अब चाहिं अपाच्य वाणीहरुको आशा छैन् । धन्यवाद ।’

 

वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:२३ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...