back
CTIZAN AD

गद्य कविता: जीवन !

वि.सं.२०७८ पुस १० शनिवार

1.6K 

shares

प्रकृति
जब
जवानीको उखरमाउलोले
छट्पटिन्छे
तब
उठ्न थाल्छन्
उष्ण वाफ
र ढाकिन्छ आकाश
सेतो पर्दाले
वाष्पकणहरूको सघनताले
पर्दामा पत्रै पत्रको
चित्रकारी रच्छन्
मानौ
वैँशालु प्रकृति
कसैको स्वागतका लागि
आकर्षक तयारीमा
तल्लीन छे

सृजनको थकाई मेट्न
कतै एकान्तमा
मस्त आराममा रहेको
पुरुषको हल्चलको
व्यग्र प्रतीक्षा छ
र त्यही आशय बुझेकी
सहेली बिजुली
र साथी समीर
उताउलिँदै आउँछन्
सघाउन

सरर सरर
वेगिँदै चिसिँदै
समीर बतासिन थाल्छ
मचाउँछ हुण्डरी

घुमाउन थाल्छ आकाशिएका
वाष्पकणका पत्र पत्रलाई
भिडाउँछ आपसमा
दलै दलको
टक्करझैँ
टकराउँछन्
आफू आफ्नैसँग

बनाउँछन्
अर्काे एउटा दल
बादल !

बादलका दलहरूको
सिँढी चडेर
चम्किन थाल्छे बिजुली

दलहरूलाई भिडाउने
अदृश्य शक्तिझैँ
मेघ रूपमा
गर्जन्छ बादल
बादलको हानाहान
मेघको गर्जन

बिजुलीको चमक दमकले
बिथोलिएका पुरुष
बिस्तारै आँखा खोलेर
चारैतिर
टिठ्याउँछन् !

जवानीको रापले
राँकिएर छट्पटाउँदै गरेकी
प्रकृतिमा दृष्टि पर्नासाथै
जुर्मुराउँछ पुरुषत्व
सामेल हुन्छ
बिजुली
र समीरको खेलसँगै
बिर्सेर प्रलयको पीडा
पन्छ्याउँदै लयका
लामा सूची
भरेर सृष्टिचेत
मेघको बाजा बजाउँदै
नर्तकी बिजुली नचाउँदै
बिस्तारै बिस्तारै
क्षितिजको सीमामा
सुटुक्क छिरेर
शान्त पार्छन्
सृजनाका जलधाराले
गर्भाधान गरेर
धन्य तुल्याउँछन्
प्रकृतिलाई
अनि
प्रादुर्भाव हुन्छ
सुसारका लागि
सृष्टिको सुमन
अनमोल जीवन !

सनातन नित्यताको
डोरीमा बाँधे पनि
साङ्ख्य
वा बौद्ध चिन्तनको
अनित्यताको तराजुमा
जोखे पनि
जीवनको महत्ता
अतुलनीय छ
परिभाषाको सङ्कीर्णतामा
अटाउँदैन जीवन
जीवन नामको
जाज्वल्यमान ज्वालालाई
सतत् नमन
सृजनका पिता
पर्जन्यलाई नमन
जीवनदायिनी
प्रकृतिलाई नमन
जय जीवन !
जय जीवन !!
जय जीवन !!!

गणेश लोहनी, चितवन, हाल पोल्याण्ड

वि.सं.२०७८ पुस १० शनिवार ०८:२१ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...