back
CTIZAN AD

कथाः रहस्यमय निर्णय

वि.सं.२०७८ पुस १० शनिवार

798 

shares

नाइट ड्युटी गरेर आएकी कल्पना घरभित्रै नपसी बाहिर बरन्डामा राखेको खाटमा फुत्त ब्याग फाल्दै ‘आमा, म अब जागिर खान्न है ।’ पुषको कठारिङ्ग्दो जाडो । फुसफुसाएको तुषारोले ढपक्क ढाकेर सयपत्री फुलका बोटहरु खिङ्गरिङ्ग परेका थिए । सानो ढकीमा पूजा गर्न फूल टिप्दै गरेकी कल्पनाकी सासू ईश्वरी वाल्ल परिन् बुहारीको कुरा सुनेर ।

कल्पनाको नाइट ड्युटी हुँदा सासू ईश्वरीलाई निक्कै नै हम्मे– हम्मे हुन्थ्यो । दिउँसोको कामलाई गा¥हो नमाने पनि रातिलाई असजिलो बनाउथ्यो सानी दुई बर्षकी नातिनीले । बैंसमै सौभाग्य गुमाएकी ईश्वरीको को नै थियो र अरु वैदेशिक रोजगारको लागि दुबई गएको एक्लो छोरो, बुहारी कल्पना र सानी नातिनी बाहेक ।

एकल महिला त्यसमा पनि बैंसमै बिद्यवा हुँदाको पिडा । धेरै लाच्छना सहदै आए पनि असल बुहारी कि सासू हुन पाउँदा भाग्यमानी ठानेकी ईश्वरीले बुहारीको कुरा सुन्दा अचम्म मान्न पुगिन् । ‘कतै मैले नातिनीको स्याहारमा कमि त ल्याइन ? होईन होईन मेरि बुहारी त्यस्ती छैनन् । उनी माथी पाप चिताउनु भनेको त मरेपछि मैले स्वर्गको बाटो बन्द गर्नु हो । बिहे गरेर घरमा भित्रिएकी पनि पाँच पुगेर छ बर्ष लागेछ । अहिलेसम्म घरमा ठुलो स्वरले बोल्नु त परै जावोस् मलाई जवाफ सुद्द फर्काएकी छैनन् । भन्छन् नि सासू कहिले आमा हुन्नन र बुहारी कहिले छोरी । तर अहिलेसम्म नकारात्मक व्यबहार भएको छैन न त बाहिरी लपन छपन अनि कसरी पो पाप चिताउनु लाखौंमा एक पाएकी बुहारी माथि । कतै सोझी र असल देखेर घर बिगार्न गाउँकाले पो भाड्न थालेकी !’

पापी मनले पाप चिताउन थाल्यो अनेकौं कुराहरूलाई नकारात्मक सोच लिदै तर नकारात्मक कुराहरू पहिल्याउन नसकेपछी मन आफै थामीयो । उफ, के भएकी होलि म पनि । नातिनी मेरि हुन् । छोराको रगत आफ्नो छोराको । मेरो मुटु आफ्नो प्यारो मुटु । सारा समय यहि नातिनीमा अर्पेकी छु एक्लोपनलाई हराइ न्यास्रो मेटाउदै तर एक्कासी बुहारीको खाँदाखाँदैको जागिर छोड्ने कुराले कताकती चस्स खाएको थियोे मन ईश्वरीको ।

राती अबेला सुतेकी नातिनी बिहान ढिलै उठ्थी । सुतेको मौका पारी बिहान सबै काम सिध्याउछु भन्दै ईश्वरीले सुकेका सयपत्रीका बोटहरु उखलेर एकै ठाउँमा थुपारिन् । देवतालाई चढाउन मिल्ने जती फूल टिपेर सानो ढकी भरी राखिन र सनक्क पारेर आँगन बढारिन् । काममा भुलिदा पनि मन शान्त भएन । एउटै कुरा खेलिरह्यो दोहोर्याइ, तेहर्याइ–‘आमा , म अब जागीर खान्न है ।’ बुहारीतिर नहेरी आफ्नै सुरमा हात चलाइरहेकी ईश्वरीले खुलदुली मेटाउन ‘बुहारी , यो के भन्दैछौ तिमी ? नानी सानै छे काम नगर । पछि हुर्केपछी गरौली भन्दा मानेनौ । नानी मैले भन्दा हजुरले नै राम्रोसँग हेर्नुहुन्छ भन्यौ फेरि मैले पढेको योग्यताको सदुपयोग सङ्गै घरखर्चलाई सहयोग पनि त हुन्छ तिमीले नै भनेकी थियौ तर आज एक्कासी जागिर छोड्ने कुरा… ।’ बोलिरहेकी थिइन्, ईश्वरी एकोहोरो तर कल्पना भित्र गइसकेकी थिइन् सासुका कुरा सुन्नु अगावै अनिदो आँखा र थकित शरीर लिएर उत्तर बिहिन हुँदै ।

सिरकभित्र न्यानो भएर निदाएकी नानी सायद सपनामा डुब्दै थिइ घरिघरि ङिच्च ङिच्च हास्दै । आमाको काख भन्दा हजुरआमाको काख प्यारो थियोे उसलाई । खुशी थिइ कल्पना एकदमै खुशी सासू आमाको एक्लोपनलाई साथ दिदै सानी छोरीले आफूलाई भन्दा हजुरआमालाई पछ्याउँदा । जागिरमा जान्थिन्, आउँथिन् । आमाले पकाएको खाना मीठो मायाको साथ खान्थिन् र घरको काम भ्याएसम्म गर्थिन् । बर्षमा एक चोटि एक महिनाको छुट्टिमा आउने श्रीमान अघिल्लो सालको छुट्टिमा आउँदा नानी सानै थिइ । अबको पाली आउँदा त बाबा भन्दै बोलाउने भइसकेकी छे । भिडियो कलमा देखि देखि बाबा चिन्ने भएकी छोरीले –‘बाबा घल कहिले आउने ?’ भन्दै तोते बोलिले बोलाउदा मन कुटुक्क खान्छ कल्पनाको । तर गर्नु के कमजोर जायजेथा अनि दिनहुुँ आकाशिदै गएको महङ्गीको मार खेप्न श्रम जति बिदेशमै खर्चिनु पर्ने बाध्यता युवा पुस्ताको ।

महिनामा एक हप्ता नाइट ड्युटी पर्दा बिहान आएर नुहाइ–धुवाइ गरि चिया पिउँदै सासू आमालाई काम सघाउथिन् बिरामीका कुराहरू सुनाउँदै । ड्युटी त सधैं हुन्थ्यो बिदाको दिन बाहेक तर नाइट ड्युटी गा¥हो लाग्थ्यो आमा र नानीलाई एक्लै छोड्नु पर्दा । थाकेकी छौ निन्द्रा पनि लाग्यो होला जाउ सुत म खाना पाकेपछी उठाउछु । कति माया प्रेम सासू र बुहारीको । तर कहाँ मान्नु र कल्पनाको मनले । खाना खाइ काम सकाएर मात्र सुत्थिन त्यही पनि मात्र दुई घण्टा । ‘आमा, थाहा छ हजुरलाई ? आज बुढी आमा आउनु भएको बिरामी भएर । कस्तो बच्चा जस्तो केही गर्न नमान्ने । औषधि खान त झनै नमान्ने । सानो बच्चालाई जस्तो कोच्याएर खुवाउनु पर्ने ।अरुलाई त कति नटेर्ने । मैले फकाएर खुवाए अनि मात्र खानु भयो । ’

कति मीठो कुरा कल्पनाको, ईश्वरीलाई गर्व लाग्छ बुहारी देखेर । ‘रुपकी रानी असल शिलस्वभावकी खानी पाउ बुहारी, ईश्वरीको सधैं एउटै प्राथना हुन्थ्यो ।’ जति दुःख पाउनु मैले पहिल्यै पाए अब खुशी र सुख मात्र आओस हाम्रो जीवनमा । हे भगवान यो सानो झुपडीमा भुलेर पनि दुःख र अशान्तीले कहिल्यै नचियाओस् ।’

ङिच्च ङिच्च हासेर निदाएकी छोरीलाई हेरिरहिन् कल्पनाले एकोहोरो के–के सोच्दै । सधैं को जस्तो फुर्ती छैन शरीरमा न त बोल्न मन नै । शरीर सन्चै छ । न ज्वरो, न रुघाखोकी न त कुनै बाहिरी चोटपटक नै तर किन बिसन्चो को महसुस ? आखिर काम उहि उस्तै हो सधैंको जस्तो । छोरी अझै निदाइरहेकी थिइ । छोरीको छेउमा गएर पल्टिन र भुसुक्क निदाइन् । उनको मनस्थिति कस्तो कस्तो कुराले चल्दैछ सायद उनैलाई थाहा छैन ।

कल्पना भित्र पसिसकेकिले ईश्वरी बाहिरै भुलिन् । केही छिनमा काम सकेर ढकीभरी फूल लिदै भित्र पसिन् । बुहारीको कोठाको ढोका खुल्लै थियो । लुगै नफेरी नानीको छेउमा कल्पना निदाएको देखेर अचम्म मान्दै ‘आज के भो यिनलाई ? कतै बिसन्चो त भएन ? कामको लोड भएर होला आउँदा आउँदै जागीर छोड्ने कुरा गरेकी । नत्र अरुबेला नाइट ड्युटी गरेर आएपछि सुत भन्दा पनि मान्दिन थिइन् । धत, पापी मन मेरो । अघि के–के , के–के सोच्नु हुने नहुने सोचेछु । उनलाई नै सन्चो नभएको रहेछ । बिचरी बिसन्चो ज्यान लिएर पनि आफ्नो कर्तव्य नछोडेकी ।’ निधार छामिन् कल्पनाको अलिअलि रन्किएको थियो । खाना पाकेपछी उठाउला एकछिन सुतुन भन्दै नित्य कर्मतिर लागिन् ईश्वरी ।

जस्ती उनी उस्तै सुन्दर घर अनि शान्त परिवार । जस्तो सोचेको त्यस्तै भयो जागिर पनि पाइन् । श्रीमानको भिषा लाग्यो दुबईको । बर्षमा एक महिना छुट्टी हुन्थ्यो । आउने जाने गर्थे । आमाले घर व्यबहारमा कहिल्यै कुनै कमि आउन दिनु भएन । छोरी जन्मी साक्षात् लक्ष्मी जस्ती । छोरी हुर्काउ काम नगर भन्दा कल्पनाले मानिनन । यसरी चलेको उनको जिन्दगीमा कहाँबाट उहीँ बाटो ढुक्ने त्यही अस्पतालमा भर्ना हुन आइपुग्यो ।

केहिछिनमै कल्पनाका आमाछोरी उठेर भान्सातिर आए । तर मुहार सधैं जस्तो उज्यालो थिएन कल्पनाको । बिहानको काम सबै सकाएर ईश्वरीले खाना पकाइसकेकी थिइन् । बुहारीले चिया नखाने भनेपछि खानै ठिक पारिन् । तीनैजना खान बसे सधैं जसरी नै । गफ गर्दै खाने भान्सामा सन्नाटा छाएको थियो केवल डाडु पन्युको आवाज बाहेक । ईश्वरीले पुलुक्क हेरिन् आफ्नी बुहारीलाई । मीठो मानेर सासुको तारिफ गर्दै खाने बुहारीको थालमा भात मुसाइ र मुखमा गाँस पुर्याइको चाला ढाला धेरै भिन्न थियो ।

असहय भयो ईश्वरीलाई । कसरी सोधु ? के भनेर सोधु ? किन जागिर छोड्ने ? म बाट केही गल्ती पो भयो कि ! भो अहिले खाने बेला यस्तो कुरा गर्नु हुन्न । चुपचाप जति रुचेको खाए तीनै जनाले । खाइसकेपछी जुठा भाडा बटुलेर माझ्न थालिन् कल्पना । त्यही मौका छोपिन ईश्वरीले ।

‘बुहारी, म गर्छु । जाउ तिमी आराम गर । तिमीलाई सन्चो छैन जस्तो छ । आराम हुँदा त तिमीले गरेकै छौ नि ! यस्तो चिसोमा रातभरी खटेर आएकी छौ ।’ सासू तिर पुलुक्क हेर्दै, ‘कति मिठो माया छ म माथी जन्मदिने आमाको भन्दा पनि बढी । कतै पूर्वजन्ममा हामी साच्चिकै आमा छोरी नै थियौं कि ! कसरी र के मुखले भनु मेरो पीडा आमासँग । भनु भने कतै मलाई नै नराम्रो पो सोच्नु हुने हो कि ! घर परिवार, चाडबाड सबै छोडेर हाम्रो सुखको लागि बिदेश बस्नु भएका श्रीमानले थाहंपाए के सोच्नु होला । हे भगवान कस्तो के आइलाग्यो । स्वर्ग जस्तो घर कतै ..।

होईन त्यस्तो केही होईन । मैले के नराम्रो गरेकी छु र । सुन्दर अनुहार, लामो केशरासी अनि सरल मिजासकी कल्पना साच्चिकै भगवानले निक्कै नै मेहेनत गरेर बनाए जस्ती थिइन् । जब नर्स पढ्न थालिन् । आउने जाने बाटो कसैले कुरेको पत्तो भएन उनलाई । कुर्दा कुर्दै पछ्याउन थाल्यो । पछ्याउदा पछ्याउँदै छेडछाड गर्न थाल्यो । चिन्दिन थिइन को थियो र कहाको थियो ? चिन्न पनि चाहन्न थिइन । बाटो ढुकेर चाहिने नचाहिने लेखेको कागज जबरजस्ती दिदा कहिलेकाही त पढाइ नै छोडु झैँ हुन्थ्यो । तर पनि आफ्नो धर्म नछोडी पढाइ पूरा गरिन् । लगतै बिहेको कुरो आयो । जागिर खाने सोच हुँदाहँुदै पनि बिहे गर्नु नै उचित ठानिन र बिहे गरिन् ।

जस्ती उनी उस्तै सुन्दर घर अनि शान्त परिवार । जस्तो सोचेको त्यस्तै भयो जागिर पनि पाइन् । श्रीमानको भिषा लाग्यो दुबईको । बर्षमा एक महिना छुट्टी हुन्थ्यो । आउने जाने गर्थे । आमाले घर व्यबहारमा कहिल्यै कुनै कमि आउन दिनु भएन । छोरी जन्मी साक्षात् लक्ष्मी जस्ती । छोरी हुर्काउ काम नगर भन्दा कल्पनाले मानिनन । यसरी चलेको उनको जिन्दगीमा कहाँबाट उहीँ बाटो ढुक्ने त्यही अस्पतालमा भर्ना हुन आइपुग्यो ।

फाइल बोकेर प्रेसर र ज्वरो नाप्न बिरामीको बेडमा पुग्दा तर्सिन् । भननन्न रिंगटा चलेर अस्पताल पूरै हल्लियो त्यसपछि के भयो एकै चोटि ब्युझदा आफूलाइ बिरामी सुत्ने बेडमा पाइन् ।

अफसोच, छेउमा त्यही मान्छे जो भन्दै थियो, ‘तिमीलाई मैले कहाँ– कहाँ मात्र खोजिन । तिमी बिना म बाच्न सक्दिन । मेरो भाग्यमा तिमि देखि बाहेक अरु कोही लेखेको छैन । आज भेटे । अब हराउन दिन्न ।’

कल्पनाको टाउको झन भन्दा झन घुम्न थाल्यो । जागिर भन्दा घर परिवार ठूलो अनि आफ्नो इज्जत । त्यही सोचेर जागीर छोड्ने निर्णय गर्दै ड्युटी सकेर घर आइ भित्रै नपसी ‘आमा म अब जागिर खान्न है ।’ भन्न पुगेकी थिइन् आमालाई ।।।।

नाम: रन्जना पराजुलि लम्साल
ठेगाना : बुद्धनगर , नया बानेश्वर, काठमाडौं
फोन नम्बर: ९८४१६६४७३८

वि.सं.२०७८ पुस १० शनिवार ०८:३२ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...