back
CTIZAN AD

पाँच कोपिला

वि.सं.२०७८ पुस १० शनिवार

954 

shares

१.
छोरोले हेप्दै घरको नोकर नभनोस्
बच्चाको अगाडि तिम्रो चरित्रहीन कार्य नदेखाए
नातीले तिमीलाई ए जोकर नभनोस्

२.
स्नेहकी खानी नेपाली चेली छन्
जेलमा नथुनि गगनमा उड्न दिनुपर्छ
रमाउँदै आँगनमा खेली छन्

३.
भाषणले हुदैन कत्ति, कर्म गर्नुपर्छ
देश, स्मार्ट सिटि स्विजरल्याण्ड बनाउँछु नभनौं
कर्णालीमा अझै खान नपाई मर्नुपर्छ

४.
सुन्दर मणि हुँ, नजोख्नुस् मलाई किलोमा
आँखाले लगाएको भन्दा मनले लगाएको माया टिक्छ
हेर त कमल पनि मुस्कुराउँछ हिलोमा
५.
सुख र दुखको सफर रहेछ जिन्दगी
नयाँ कुराको अभाव महसुस भइरहन्छ सधैं
असिमित चाह, रहर भएछ जिन्दगी ।

श्रद्धा आचार्य, पोखरा १६, कुरेचौर, कास्की

वि.सं.२०७८ पुस १० शनिवार ०८:३० मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...