निस्फिक्रि भएर
त्यो कोलाहल तछाड मछाडको फौँज
योजना विनाको कुरुप महलहरु
त्यो शहर देखि टाढा
सुनौलो भविष्यको सपना बोकेर
पसेको छु गाउँ भित्र
हुन त हजारौं युवाहरु
एउटा रहर बोकेर छिरेकाछन् शहर भित्र
कयौं युवाहरु
वाध्यताको जन्जिरमा बाधिँएर
छिरेका छन् खाडी मुलुकतिर
बगाउन रगत पसिना
म बुझ्न खोजिरहेको छु
उनिहरुको पीडा झन माथि झन र अभावहरु
एउटा विवश कथा
बेलामा उपचार नपाएर
मृत्यु खेपिरहेकी गर्भवती महिला
विदेशीयका शन्तानको प्रतिक्षामा
बसेका बा आमा अनि जहान–छोराछोरीहरु
काठको बाक्सामा फर्किएको दृश्य
मन कुडिँएर आँउछ छट्पटी चल्छ
साच्चै त्यो रात म निदाउँन सकिन !
हुन त हावाहरुको शितल सुस्केरा
हरियाली भित्र झुलेका
पहेँला धानका बालाहरु
नौला नौला आवाजहरुमा
गुनगुनाउदै उडेका चराका बथानहरु
आफ्नै गतिमा बगेका नदीहरु
यो रनबन माधुर्यता
यो स्वर्गको आभाष
खोजेर कहाँ मिल्थ्योर !
बेलामा उपचार नपाएर
मृत्यु खेपिरहेकी गर्भवती महिला
विदेशीयका शन्तानको प्रतिक्षामा
बसेका बा आमा अनि जहान–छोराछोरीहरु
काठको बाक्सामा फर्किएको दृश्य
मन कुडिँएर आँउछ छट्पटी चल्छ
साच्चै त्यो रात म निदाउँन सकिन !
अचानक !
प्रत्येक चुनावमा
झुठको खेती र आश्वासन बाडिँरहेका
देशलाई सम्बृद्द र नयाँ उचाइमा–पु¥याउन हिँडेका
बुख्याचाहरुलाई सम्झँदा
दिमाग खल्बलिएर आउँछ
बङ्गारा कट्कटिएर आउँछ
जनताको रगत पसिना चुसिरहेका–
अपराधीहरुलाई निर्मम सजायको कामना गर्दै
ईश्वरको आराधना गरिरहेँ
अब कर्मठ बनेर युवाहरु
गाउँमा विकाशको मुल फुटाउनु पर्छ
समस्याको समाधान खोज्दैँ
पर्यटन र कृर्षिलाई मुख्य आधार
बनाएर उत्साह र सम्वृद्दिको दियो बाल्दै
आफ्ना सन्ततिले गर्व गर्न सक्ने
एउटा इतिहास बनाउँनु पर्छ
गाउँ भित्र ।
सुमन पुडासैनी “मित्र“
कागेश्वरी मनोहरा न.पा ८ गोठाटार
वि.सं.२०७८ पुस १० शनिवार ०८:२९ मा प्रकाशित






























