कामाठडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आज देखि सुरु भएको छ। यस अघि राष्ट्रिय सम्मेलन मात्र गर्ने घोषणा गरेको माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गरेको छ ।
राजधानीको प्रज्ञाप्रतिष्ठानमा आज देखि सुरु भएको उक्त आठौँ महाधिवेशन पुस १५ गते सम्म चल्ने छ । सोही महाधिवेशनले माओवादी केन्द्रको १५ पदाधिकारी सहित ३ सय भन्दा बढी केन्द्रिय सदस्यको चयन गर्ने बताइएको छ ।
आज देखि सुरु भएको सो महाधिवेशनको पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।














वि.सं.२०७८ पुस ११ आइतवार १७:५९ मा प्रकाशित
























