back
CTIZAN AD

माओवादी महाधिवेशनमा माधव नेपालको सम्बोधन : तपाईंहरूसँग मन मिल्यो, बाँकी कुरा मिल्दै जान्छ

वि.सं.२०७८ पुस ११ आइतवार

663 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ नेपाल निर्माणका लागि मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले मूल कुरामा सहमति भएपछि बाँकी कुरालाई थाती राख्न सकिने बताए ।

‘अहिले पनि एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ । मूल कुरामा सहमति छ भने बाँकी कुरालाई थाती राख्न सकिन्छ’, अध्यक्ष नेपालले भने, ‘इतिहास अगाडि बढिसकेको छ, पछाडि फर्किन सम्भव छैन ।’

अध्यक्ष नेपालले माओवादीसँग आफूहरूको मन मिलेको पनि बताएका छन् । ‘तपाईंहरूसँग मन मिल्यो। मन मिलेपछि अरू केही चाहिँदो रहेनछ। मन मिलेपछि भावना मिल्दै जाँदो रहेछ’, उनले भने।

उनले पार्टीहरूभित्र पनि नेपाली समाजवाद कस्तो हुने भन्ने छलफल हुनुपर्ने बताएका थिए। उनले शोषण तथा उत्पीडन अन्त्य हुनुपर्ने पनि बताए।

साथै शिक्षा, स्वास्थ्य तथा रोजगारका समस्या समाधान गरिनुपर्ने पनि उनले बताए। यस्ता समस्या कायमै राखे समृद्धि हासिल नहुने उनले बताए।

वि.सं.२०७८ पुस ११ आइतवार १८:१२ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...