back
CTIZAN AD

राजेश पायल राईमाथि आक्रमण गर्नेले माफी माग्दै यसो भने (भिडियोसहित)

वि.सं.२०७८ पुस १९ सोमवार

540 

shares

अमेरिका । अमेरिकाका विभिन्न राज्यमा आयोजित सांगीतिक कार्यक्रम भागलिन पुगेका चर्चित गायक राजेश पायल राईमाथि आक्रमण भएको घटना बाहिरीएको छ ।

डिसेम्बर ३१ का दिन न्युयोर्कको क्वीन्स प्लेस हलमा बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको आयोजनामा भएको सांगीतिक कार्यक्रममा हलमै आएर गायक राईमाथि एक व्यक्तिले आक्रमण गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

गायक राईमाथि आक्रमण भएको भन्दै त्यसको चौतर्फि विरोध र आक्रमणकारीलाई कारबाहीको माग समेत गरिएको थियो ।

आक्रमण गरेका शेर्पाले माफी मागे
राईमाथि भएको आक्रमणको चौतर्फि विरोध भएपछि आयोजक संस्था, आक्रमणकर्ता र स्वयम् गायक राईले नै एक भिडियो मार्फत् घटनाका बारेमा बताएका छन् ।

सोलुखुम्बु खरिखोलवा घर भइ हाल न्युर्योकको एक रेष्टुरेण्टमा कार्यरत दावा शेर्पाले स्टेजमै पुगेर राईमाथि आक्रमण गरेको भिडियो सार्बजनिक भएपछि शेर्पाले आफु राजेश पायल राईको फ्यान रहेका कारणले अंगालो हाल्दा अलि बढी ऐग्रेशिभ भएका कारण त्यस्तो घटना घटेको बताएका छन् ।

भिडियोमा उनले भनेका छन्–म उहाँको सो मा गएको थिए । म उहाँको एकदम बेस्ट फ्रेन्ड भएकाले उहाँलाई स्टेजमै गएर उचालेका थिए । भिडियो भाइरल भएछ । म अलि ऐग्रसिभ भएर न्यु एयरका दिन अलिकति लागिसकेको थियो । स्टेजमै गएर यस्तो गर्दा उहाँलाई अलिकति डिस्टर्व गरेजस्तो पनि भयो । म उहाँसँग माफी पनि माग्छु ।’ शेर्पाले राईलाई खादा लगाइदिएर माफी मागेका थिए ।

उहाँले माफी माग्नु भयो मैले दिइसके
सोहि भिडियोमा सँगै रहेका गायक राईले देशविदेशबाट आफ्ना बारेमा चासो राखेको भन्दै आक्रमणकर्ता शेर्पाले आफै भेटेर माफी मागेको हुनाले आफ्नो धर्ममा माफीदिनु ठूलो कुरारहेको बताए । उनले आफ्ले नेपाली गीत संगितलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्प्रर्धा गर्न सक्ने खालको संगीत उत्पादन गर्ने रहेको बताएका थिए ।
‘उहाँले यसप्रति माफी मागीसक्नु भएको छ । मैले माफी दिइसकेको छु । मेरा शुभचिन्तक पत्रकार लगायत सबैमा हामीहरु मिलिसकेको जानकारी गराउन चाहान्छु ।’ गायक राइले भनेका छन् ।

वि.सं.२०७८ पुस १९ सोमवार १७:१५ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...