काठमाडौं । ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ ।
टिका दाहालको संगीत रहेको उक्त गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । कालिञ्चोकमा छायाँकन गरिएको उक्त भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा बिना राउत र बिकाश लामिछानेको आभिनय रहेको छ ।
भिडियोलाई दिन्सन शाहले सम्पादन रहेका हुन् भने केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो ।
भिडियो लिंकः
वि.सं.२०७८ पुस २२ बिहीवार १६:५४ मा प्रकाशित




























