back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ पुस २४ शनिवार

1.3K 

shares

नातागोता अन्य कैयौं, पात्र भेटिन्छन् ।
जस्तो खोज्यो विविधता, शास्त्र भेटिन्छन् ।
मातापिता, समय र, मित्र यत्ति कुरा,
जीवनमा एकैपटक, मात्र भेटिन्छन् ।

बारी, पाखा, पखेरा र, डाँडाबीच फुल्छ ।
रहर भए गमला र, भाँडा बीच फुल्छ ।
जति बाधा आएपनि, संघर्षमा उत्री,
गुलाफको फूल सधैं,काँडाबीच फुल्छ ।

सभा होस् या त मेला, त्यसै हाँस्नुहुन्न ।
त्यस्तै बेला या कुबेला, त्यसै हाँस्नुहुन्न ।
दुर्योधन र द्रौपदीको ,दशा कस्तो भयो ?
ब्यर्थै परिन्छ नि फेला, त्यसै हाँस्नुहुन्न ।

केही गर्न सकिएन,यस्तै छ यो जिन्दगी ।
बाँच्नलाई झोला भर्न, ब्यस्तै छ यो जिन्दगी ।
कस्तो होला संसार भोलि ? हेर्न केही वर्ष,
म्याद थप्न बिन्तिपत्र,पेस्तै छ यो जिन्दगी ।

हजारौंमा छानिराखौं,पर्खिँदैन कहिले ।
सत्य यही हो ठानिराखौं,पर्खिँदैन कहिले ।
समय र मृत्यु, उमेर, तीन कुराले नि,
हामी यत्ति जानिराखौं,पर्खिँदैन कहिले ।

शिव अधिकारी ‘इलामे जेठो’
माई नगरपालिका –१०, लुम्बाक,इलाम

वि.सं.२०७८ पुस २४ शनिवार ०८:४५ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...