back
CTIZAN AD

कविता: इन्द्रेणी

वि.सं.२०७८ पुस २४ शनिवार

1.8K 

shares

आकाश कम्लाएर
जल्थल भएको बेला
पृथ्वी गह्रुङ्गो भएर
हल्चल भएको बेला
विजुली चम्केर
चट्याङ् तर्सेको बेला
हुरी उम्लिएर
तूफान उफ्रिएको बेला
सजिलो होइन
– विकट्मा
उजेलो होइन
– अन्धकारमा
चेतनाको बत्ती
खै ! कसरी बल्छ ?

विकट्मा
इन्द्रेणी उभिएझैँ
अन्याय मडराएका बेला
अनाचार
कालो बादल भएका बेला
अतिचारका बिस्कुन हटाएर
किन निस्कन्न
वस्तीमा उज्यालो
किन जन्मन्नन्
मान्छेभित्रका
प्रमिथस इन्द्रेणीहरू ???

तर बल्छ
बेजोडले यसै बेला
अनकन्टार
अजङ्गका
मेरा पहाडहरूमा
– पर्वतहरूमा
– पहराहरूमा
– शैलशिखरका
उन्मादित पाखाहरूमा
बन्धन फुकाएर
व्यबधानहरू
आक्रोशका आँखाले
अँधेरो छाउँदै
धरा छोपेपछि
धर्मर्धर्मर
पहराका गुफामा
अवतार चढेको
कथित धामी काँपेझैँ
ढ्याङ्ग्रोमा गजो ठोक्किएर
आवाज निस्किएजस्तै
अचानक
दूर क्षितिजको
अग्लो टापुमा
लाखेनाँच नाँचेझैँ
सप्तरङ्गी जुलुसका
कपडा पहिरिएर
एकाएक
डरलाग्दो गुफाको टुप्पोमा
झरनाका छाती छेड्दै
रहस्यको ज्योति
ओर्लन्छ इन्द्रेणी !
साहस निस्कनुपर्छ
– सङ्कटमा
उजेलो ओर्लनुपर्छ
– अन्धकारमा
सतह छाड्न सक्नुपर्छ
– असम्भवमा
पुल बन्न सक्नुपर्छ
वस्ती उचालेर
– विश्वासको
व्यबधानमा
अविश्वासमा
अन्धकारमा
असम्भव आकाशको
छाती चिरेर
एकाएक धरामा
प्रकाश छर्दै
जोडेर धर्तीआकाश
अप्ठेरामा
अनकन्टारमा
बादलका बिस्कुन् हटाएर
वसुधा चुम्न
कन्दराका विकट्
उभिन्छ इन्द्रेणी !
प्रकृतिको उच्चतम चेतना
असजिलो आएका बेला
अन्धकार छाएका बेला
विकट्मा
इन्द्रेणी उभिएझैँ
अन्याय मडराएका बेला
अनाचार
कालो बादल भएका बेला
अतिचारका बिस्कुन हटाएर
किन निस्कन्न
वस्तीमा उज्यालो
किन जन्मन्नन्
मान्छेभित्रका
प्रमिथस इन्द्रेणीहरू ???

कलानिधि दाहाल, काठमाडौं

वि.सं.२०७८ पुस २४ शनिवार ०८:४८ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...