back
CTIZAN AD

लघुकथाः भक्ते काका

वि.सं.२०७८ पुस २४ शनिवार

825 

shares

भक्तेकाकाको युवाकालमा मोवाईल, फेसबुक र कम्प्युटर जस्ता प्रविधिहरु नभए पनि आज आएर बुढेसकालमा भए पनि नातिले भने उनलाई फेसबुक एकाउण्ट खोल्दिएर फेसबुक चलाउन सिकाएकोले भक्तेकाका आजकाल फेसबुक खुब हेर्छन । चलाउछन् ।

आज पनि उनी फेसबुक हेर्दैथिए, नातिभने छेउमै बसेर हजुर बुबाले फेसबुक चलाएको ध्यानपूर्वक हेरिरहेको थियो । हेर्ने क्रममा फेसबुकमा ‘गोर्खाहरूको भविष्य कतातिर ?’ लेख आयो । काकाले दुईलाईन यसो पढेर स्वात्तै हटाएर तल हेरे, त्यहाँ पाँच कमेण्ट मात्र थिए ।

त्यसको अलि तल एउटी सुन्दरी युवतिले फोटो हालेर ‘गुडमोर्निङ’ लेखेकी रहेछिन । काकाले हतार हतार लाईक हान्दै ‘गुडमोर्निग म्याम’ लेखे । त्यहाँ छ सय कमेण्ट थिए । बाजेको यो चर्तिकला देखेर नाति मनमनै हाँस्यो । त्यसको अलितल पुगेपछि फेरि एउटा लेख आयो ‘दार्जिलिंङका गोर्खाहरूको एकता नहुनुमा को दोषी?’ यहाँ पनि काकाले शिर्षकमात्रै पढेर स्वात्त माथी पारे ।

फेरि केही तल एउटी युवतिले लेखेकी रहेछिन, ‘पिरतिको डोरीले घाँटीमै बाधेपछि पिरति त मिठो होईन तितो पो लाग्यो ।’ काका त्यहाँ टक्क अडिएर नियालेर हेर्दै फेरि कमण्ट लेख्न थाले, नातिले प्रश्न गर्यो – ‘हजुर बा, यो फेसबुक पनि केटीरूकै लागि पो बनेको र’छ नि ?’

मोहन अधिकारी,सिलगढी, भारत

 

वि.सं.२०७८ पुस २४ शनिवार ०८:४९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...