भक्तेकाकाको युवाकालमा मोवाईल, फेसबुक र कम्प्युटर जस्ता प्रविधिहरु नभए पनि आज आएर बुढेसकालमा भए पनि नातिले भने उनलाई फेसबुक एकाउण्ट खोल्दिएर फेसबुक चलाउन सिकाएकोले भक्तेकाका आजकाल फेसबुक खुब हेर्छन । चलाउछन् ।
आज पनि उनी फेसबुक हेर्दैथिए, नातिभने छेउमै बसेर हजुर बुबाले फेसबुक चलाएको ध्यानपूर्वक हेरिरहेको थियो । हेर्ने क्रममा फेसबुकमा ‘गोर्खाहरूको भविष्य कतातिर ?’ लेख आयो । काकाले दुईलाईन यसो पढेर स्वात्तै हटाएर तल हेरे, त्यहाँ पाँच कमेण्ट मात्र थिए ।
त्यसको अलि तल एउटी सुन्दरी युवतिले फोटो हालेर ‘गुडमोर्निङ’ लेखेकी रहेछिन । काकाले हतार हतार लाईक हान्दै ‘गुडमोर्निग म्याम’ लेखे । त्यहाँ छ सय कमेण्ट थिए । बाजेको यो चर्तिकला देखेर नाति मनमनै हाँस्यो । त्यसको अलितल पुगेपछि फेरि एउटा लेख आयो ‘दार्जिलिंङका गोर्खाहरूको एकता नहुनुमा को दोषी?’ यहाँ पनि काकाले शिर्षकमात्रै पढेर स्वात्त माथी पारे ।
फेरि केही तल एउटी युवतिले लेखेकी रहेछिन, ‘पिरतिको डोरीले घाँटीमै बाधेपछि पिरति त मिठो होईन तितो पो लाग्यो ।’ काका त्यहाँ टक्क अडिएर नियालेर हेर्दै फेरि कमण्ट लेख्न थाले, नातिले प्रश्न गर्यो – ‘हजुर बा, यो फेसबुक पनि केटीरूकै लागि पो बनेको र’छ नि ?’
मोहन अधिकारी,सिलगढी, भारत
वि.सं.२०७८ पुस २४ शनिवार ०८:४९ मा प्रकाशित




























