back
CTIZAN AD

पाँच कोपिला

वि.सं.२०७८ पुस २४ शनिवार

660 

shares

१.
तिमी आएर दिन फेरियो
संसारकै भाग्यमानी ठानें यसर्थ
मैले टेक्ने जमिन फेरियो
२.
खुसी छ निकै यो मन आज
जब हेर्यौ ती दुई नशालु आँखाले
बढ्यो ढुकढुकी झन आज
३.
सधैंभरी तिमीमा हराएको छु
यसैगरी बितेका छन् दिनहरु प्रिया
मनलाई नामसारी गराएको छु
४.
छट्पटी बढ्छ नभेट्दा एकछिन
कस्तो माया बसेछ खै हामीहरु दुईको
यी आँखाहरुले नदेख्दा एकछिन
५.
यस्तै मीठो माया गर्न पाउँ
यति भएपछी मात्र पूर्ण हुनेछु म
तिम्रै त्यो साथमा मर्न पाउँ

बासु सापकोटा, दोलखा

वि.सं.२०७८ पुस २४ शनिवार ०८:५० मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...