Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

कविताः बासी



बासी त चुम्बन मिठो हुन्छ
बासी त दाग मिठो हुन्छ

साजीहरु त
एक बिहानको अंकमाल पछि
एक बित्ताको गोधुली पछि
आँखामा हुरी कुदेको गुलाबी मध्यान्ह पछि
छुटिरहेका हुन्छन्
हराई रहेका हुन्छन्

बासी त चोट मिठो हुन्छ
बासी त घाउ मिठो हुन्छ

बासी त
कसैको प्रेमिल नाममा चाङ बनेर बसेका
सुनसान यादहरुको
सङ्लो बासना मिठो हुन्छ ।

रोशन परियार, धनकुटा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम