back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ पुस २४ शनिवार

2.8K 

shares


गुमनाम हुनेको पनि एकदिन ठुलै नाम आउन सक्छ ।
जसरी बर्षौं पिछडिएको बस्तीमा घाम आउन सक्छ ।
महाशय सबैलाई यौटै तराजुमा जोख्ने भुल नगर्नु होला,
तपाईंले फ्याँकेको वस्तु अरूलाई काम आउन सक्छ ।

२.
अंकगणीत बिग्रीयो भने सोह्र दुने आठ हुन सक्छ ।
केमिस्ट्री मिल्दा गाली पनि गतिलो पाठ हुन सक्छ ।
हिजो सहरको नजर बिल्कुल फरक थियो र अहिले,
सोच्दैछ ऊ विकासको अर्को नाम काँठ हुन सक्छ ।

३.
ढुङ्गामा इश्वर देख्नेका नजरमा फूल हुनुपर्छ
आफैँलाई श्रेष्ठ नठानोस् मान्छेमा भुल हुनुपर्छ ।
आफ्नो अनुहार हेर्नुपर्छ अरू नराम्रो भन्दैगर्दा
खराब आनीबानी आफैलाई कबुल हुनुपर्छ ।


देशलाई चिनाउने अर्को नाम माटो हुनुपर्छ ।
चन्द्रमाको सुन्दरतामा लुकेको टाटो हुनुपर्छ ।
सबका नजरमा छाएकै हुन्छ उज्यालोपनमा,
कालो रात जिन्दगीको अर्को पाटो हुनुपर्छ ।

५.
उत्तीर्ण हुन नसक्नुको सिधा अर्थ फेल हुनुपर्छ ।
हारजित छुट्टिनु अधि सौहार्दपूर्ण खेल हुनुपर्छ ।
यस्तो लाग्छ तटस्थ बस्नेहरूको जिन्दगी देख्दा,
हर्ष न विस्मात कागलाई पाकेको बेल हुनुपर्छ ।

उत्तम विचार, टोखा, काठमाडौं

 

वि.सं.२०७८ पुस २४ शनिवार ०८:५३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...