back
CTIZAN AD

अर्को नाम छोरी

वि.सं.२०७३ फागुन २६ बिहीवार

1.4K 

shares

chhori

नौ महिना कोखमा पालेपछि,

प्रसब पिडा लाग्न थाले पछि
छोरा छोरा भन्ने ओठहरुले
लेब्रयाउँदै छोरी उच्चारण गर्न सिकाउने
जन्मदै अशुभ, निरास सन्नता लिएकी
म त्यही अशुभ अवतार,
निरिह प्राणीको अर्काे नाम छोरी ।

बाल बोली देखि कमजोर परिभाषित,
तर भान्सा देखि बाबुका पाखुरा सम्म
गाँउ देखि देश बिदेश सम्म श्रमको अपहेलना खेपेकी
छाउपदीले छिछिदुरदुरता मै युगौ भोगेकी
म त्यही युगौ देखिको कलंकको अर्काे नाम छोरी ।

आमा बाबुको नाक काट्ने डरले सोह्र बर्षमै
हात हातै मोल मोलाई भएकी,
कुलको इज्जतको नाममा आफूलाई भुलेर
सुम्पिएको घरलाई मन्दिर मानी पुजा गर्न जन्मिएकी
आफ्नो अस्तित्व माटोमा मिलाई
परिवारको इज्जत राख्ने आदेश पाएकी
म त्यही बेनामिको अर्को नाम छोरी ।

आफ्नो नाम थर नै बदली
दुई थोपा आँशुमा पिडा बर्सेर
सासु र पोइको गन्हाउने खुट्टा पखाल्दै
आफू सौभाग्यवती हुन, धित मरुन्जेल पिउने,
थोपा सिन्दुरले जीवन आगोमा जलाईरहेकी
युगको सम्मानित संस्कारको दासी
म त्यही सौभाग्यवतीको अर्को नाम छोरी ।

बटुवालाई बाटो सिकाउँदा
नाथो खेलायोको गुञ्जायस सुन्ने
श्रीमान काल गतिले स्वर्गीदा
पोइ टोक्ने बोक्सी अलंकार पाउने
मनको आकंक्षा पुरा गर्ने ऋण खाएकी
मन्दिरमा चढाउन जन्माएको
पण्डित्याइहरुको काम बासनाको एक लप्का
म त्यही देउतीको अर्को नाम छोरी ।

बोल्दा उत्ताउली,
नबोल्दा हजारौ बिष बोकेका सर्प खेपेकी
तिम्रो संस्कारमा कौडी मूल्यमा पाईरहने,
पानीमा पाइला नपार्नेहरुका
काम बासनका खेलौना,
युगभर दरवारमा नर्तकी बनेका
तर सुन्दरी नामको हारजित जाल भित्र
पैसामा अंग हस्तान्तरण गरिरहेकी
म त्यही नयाँ युगको सुन्दरीको अर्काे नाम छोरी ।

कृष्णले सोह्रहजार पछि लगाउँदा
महापूरुष भनि पुजा गरिरहँदा
म त्यही कलंकित अनुहारमा परिचय बनाउने
त्यही नारीको नारित्व लुतने देवताहरु
समयको दास बनिरहदा,
कुरिती र कुसंस्कारको पर्दाफास गर्न
कालिको अवरतार लिई
नयाँ युगको मार्गचित्र कोर्न तयार भएकी
त्यही नयाँ अवतारकी अर्काे नाम छोरी ।

वि.सं.२०७३ फागुन २६ बिहीवार १०:०८ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...