
काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीतमा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार येदीन गजमेरको शब्द तथा संगीत रहेको छ ।
विबाहको माहोल सुरु भए लगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आँफु विश्वस्त रहेको संगीतकार येदीन बताउँछन् । गीतमा पछिल्लो पुस्ताका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र करिश्मा ढकालको अभिनय रहेको छ ।
काठमाडौँको कोकर्ण नगरपालिकाको उत्तरबाहीनी मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन् भने पुष्कर सुनुवारको एरेन्ज रहेको छ । गीतमा केशवराज भट्टको कोरियोग्राफी र बुद्ध थापाको छायांकन रहेको उक्त भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । जुनी गजमेरले निर्माण गरेको भिडियो रिदिन इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको हो ।
भिडियो: