back
CTIZAN AD

१५ अंकले बढ्यो नेप्से

वि.सं.२०७८ माघ २४ सोमवार

627 

shares

२४ माघ, काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेप्से १५ दशमलव ६९ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २८५१ दशमबल ८६ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ०५ अंकले बढेर ५३५ दशमलब ३२ अंकमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२४ कम्पनीको ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैंयाँ बराबरका ९५ लाख १२ हजार ५८० कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६६ हजार १ सय १३ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाईड्रोपावर, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, छयाङ्दी हाईड्रोपावर, सानिमा लाईफ इन्स्योरेन्स, नेशनल हाईड्रोपावर, बोटर्ल नेपाल लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने बुद्धभुमी नेपाल हाईड्रोपावर, सर्पोट माईक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

 

वि.सं.२०७८ माघ २४ सोमवार १५:२३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...