back
CTIZAN AD

मन्दिर निर्माण जुटे देश तथा विदेशमा रहेका युवाहरु

वि.सं.२०७३ फागुन २९ आइतवार

942 

shares

pipaldhara

बाबुराम थापा, (मलेसिया) । गुल्मी पिपलधाराबाट हाल देश तथा बिदेशमा छरिएर रहेका युवाहरु सांस्कृतिक सम्पदा संरक्षणमा एकजुट भएका छन । जीर्ण अवस्थामा रहेको सांस्कृति एवं परम्पराको धरोहर श्री खड्क छत्रकोट मन्दिर निर्माणमा युवाहरु लागिपरेका छन ।
पिपलधाराको मुख्य स्थानमा रहे पनि स्थानीय राजनैतिक किचलोका कारण ओझेलमा परेको धार्मिकस्थल पुनर्निर्माण समिति गठनगरि युवाहरुले अभियान चलाएका हुन ।
वि स २०४६ सालमा चौबिसे राज्य अन्तर्गत धुर्कोटकोटको शाखाको रूपमा स्थापना भई २०७१ जेठ १२ गते नेपाल सरकार अन्तर्गत जिल्ला प्रशासन गुल्मीमा दर्ता समेत भएको छ । गाउँको पुरानो धार्मिक सम्पदा जीर्ण अवस्थामा पुगेपछि विक्रम खड्काको संयोजकत्वमा २५ सदस्यीय समिति बनाएर अभियान संचालन गरेका हुन ।
समिति सचिवमा शैलेश कुमार कार्की रहेका छन भने सदस्यहरुमा कृष्ण खनाल जापान,निरन्जन खड्का दुबई,राजेन्द्र खड़का मलेसिया,शैलेंद्र थापा काठमाडौ ,कमल जिसी दुबई ,बाबुराम थापा मलेसिया ,कमल जिसी काठमाडौ, कुलेंद्र जिसी काठमाडौ, अर्जुन ज्ञवाली बुटवल,प्रविन केसी जापान, उमेश खड़का भारत, हिमाल जिसी जापान,रीता खड़्का बुटवल,राधा खड़्का काठमाडौ, पुस्कर खड़का कपिलवस्तु, ,सूर्य खड़का गुल्मी,बाबूराम खड़का गुल्मी, बद्री थापा, युवराज खड़का, लक्ष्मण खड़का, शालिकराम बिश्वकर्मा कतार, शुभास महत जापान,रमेश खड्का भारत, रहनु भएको छ ।
उक्त श्री खड्का छत्रकोट निर्माणमा अनुमानित १५ लाख लागत लाग्ने संयोजक विक्रम खड्काले बताउनु भयो । यो पवित्र अभियानमा उत्साहजनक सहयोग उपलब्ध भइरहेको र हाल ८ लाख सहायोंग राशीको प्रतिबद्धता भएमा ३ लाख ५० हजार आर्थिक सहयोग रकम मन्दिर निर्माण समितिमा आइसकेको समिति सचिव शैलेश कार्कीले जानकारी गराउनु भयो । सहयोग संकलन सामाजिक संन्जाल समेत प्रयोग गरि आर्थिक संकलनलाई पारदर्शी रुपमा सवै माँझ पुर्याउने समितिले जनाइएको छ ।
सहयोग सिमा केहिदिन भित्र रहने तथा शिलान्यास गर्ने जानकारी दिदै सहयोगको लागी अनुरोध समेत गर्नु भएको छ । मन्दिर पुनर्निर्माण कार्य छिटो संचालन गरिने संयोजक बिक्रम खड्काले जानकारी दिनुभयो । साथै रू एकाउन्न सयभन्दा माथि आर्थिक सहयोग गर्नेलाई सम्मान तथा ताम्ररपत्रमा आजीवन रहने गरि नाम समेत लेखिने निर्णय भएको सचिव शैलेश कार्कीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन २९ आइतवार १०:११ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...