back
CTIZAN AD

कविताः प्रेम

वि.सं.२०७८ माघ २९ शनिवार

1.4K 

shares

१.
म जन्मेको घर भन्दा
तिम्रो घर प्यारो लाग्न थाल्यो
मेरा बा आमा भन्दा
तिम्रा बा आमा आफ्ना लाग्न थाले
सोच्थें तिमी नै मेरो सर्वस्व हौ
आज तिम्रो घरको दैलो टेके पछि
तिम्रो हातले
मेरो सिउदो रंगीए पछि
बल्ल थाहा भयो
त्यति बेला
म प्रेममा होइन
मात्र तिम्रो भ्रममा रमाइरहेको रहेछु ।

२.
सिन्दुर प्रेमको प्रतीक हुने भए
चुरा प्रेमको संगीत हुने भए
सौभाग्य प्रेमको संसार हुने भए
लोग्ने बितेर जादा पनि
श्रीमतीको शरीर भरी छाइरहने थिए
प्रेमको अमूल्य गहना बनेर ।

३.
घर भित्र दिनहुँ झगडा गरेर पनि
घर बाहिर निस्कदा मुसुक्क मुस्कुराउने दम्पतीले झै
मुस्कान सबैले दिन्छन्
मात्रै
सबै मुस्कानहरु प्रेम हुन सक्दैनन् ।

४.
जुन कुरा बुझेर पनि
नबुझे जस्तो गरेऊ
त्यही कुराको पीडा
न देखाउन सकेको छु
न मेटाउन सकेको छु ।

सुरज उपाध्याय,पोखरा

वि.सं.२०७८ माघ २९ शनिवार ०८:४५ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...