Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

३५ औं मगर दिवस भव्यताका साथ मनाइयो कतारमा



magar-sangh-qatarदोहा कतार । ‘एकीकृत मगरात स्वायत्त प्रदेश स्थापनाको साझा अभियानमा लागौ ! नेपाल मगर संघको ३५औ स्थापना दिवस भव्यताका साथ सफल पारौ !!’ भन्ने मुल नाराको साथमा बिश्व भर छरिएर रहेका मगरहरुले फाल्गुण १५ को दिनलाई मगरहरुको एकताको रुपमा मगर दिवस कतारमा पनि भव्यरुपमा मनाइएको छ ।

 मार्च १० का दिन नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय का.वा अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, दोहा कतारका का. वा अध्यक्ष पुर्षोतम सुनुवारको प्रमुख अतिथिथ्यमा दोहाको नज्मा स्थित अल नक्यायन रेस्टुरेन्टमा ३५औं मगर दिवस विबिध मगर सांस्कृतिक प्रस्तुतीहरुका साथ भब्य रुपमा मनाइएको हो ।
कार्यक्रममा नेपाल मगर संघ, शाखा कतार २०१७/०१८का सांस्कृतिक बाङ (राजा) रेशम आले मगर , एन.आर.एन.(एन.सि.सि.)कतारका बर्तमान अध्यक्ष बिनेश तामाङ र नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर ,नेपाल पत्रकार महासंघ कतारका महासचिव नवराज बिक र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ संग आबद्ध मातृ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिहरु बिशिस्ट अतिथि रहेका थिए भने अतिथिहरुमा दोहामा रहेका बैचारिक संस्थाहरु, धर्मिक र जातिगत संस्थाहरु, जिल्लाबासी संस्थाहरु, नेपाल मगर संघ शाखा कतारका मातहतमा रहेका ९ वटा एरिया समितिका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी तथा बुध्दिजिवीहरु, संस्थाका मानार्थ सदस्यहरु बविन राई, रोशिका लामा हुनुहुन्थ्यो ।

कार्यक्रमको उद्घाटन सभापति, प्रमुख अतिथी र बिशिस्ट अतिथिहरु बाट कार्यक्रमको ब्यानर अनावरण र दिप प्रज्वलन वाट शुरु भएको थियो । कार्यक्रममा राष्ट्र प्रतिको आगाध प्रेमको साथमा उपस्थित संपूर्णले नेपाली राष्ट्रिय गित र मगर राष्ट्रिय गित गाईएको थियो । नेपालका प्रथम शहिद क्या. लखन थापामगर र अन्य ज्ञात अज्ञात शहिदहरु प्रती सम्मान सहित हार्दिक श्रद्धनञ्जली अर्पण गर्दै १ मिनट मौनधारण गरिएको थियो ।

भने कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्यद्धारा स्वागत संघका केन्द्रिय सदस्य तथा भाषालिपि तथा साहित्य बिभागका का.वा संयोजक अभिमत पुन मगरले गरेका थिए भने कार्यक्रमको बारेमा र मगर दिवसको वारेमा संघका कोषाध्यक्ष केशव राना मगरले जानकारी गराउनु भएको थियो भने उपस्तिथ प्रमुख अतिथि, विशेष अतिथीहरु र अतिथिहरुलाई महिला सदस्य खगी पुन मगर, जिना पुलामी मगर , र जानू थापा मगरले खादाले सम्मान गरेका थिए। कार्यक्रम संचालन मगर संघ कतारका महासचिव बिजय मगर र सचीव रविन मगरले गरेका थिए भने कार्यक्रममा कतारमा रहेका मगर तथा गैरमगर हरुको बाक्लो उपस्थिति रहेको थियोे ।

कार्यक्रममा उपस्तिथ अतिथिहरु ले मन्तव्य राख्दै मगरहरुको एकता को भएको दिन फागुन १५ अर्थात मगर दिवसको शुभकामना व्यक्त गरेका थिए भने मगर संघ कतारका कलाकारहरु भुपेन्द्र रिखाम मगर, केशव राना मगर , रविन मगर, नरेन्द्र लायो मगर , तिल बिक्रम थापा मगर , जिना पुलामी मगर , जानू थापा मगर , रमा मगर , पुर्णिामा मगर, कैलास मगर, राजेश श्रेष्ठ , अ्मर लामा , किरण लामा र प्रकाश ओलिले कार्यक्रममा मगर सास्कृतिक झल्काउने हुररा , मारुनी, कौडा साथै आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए भने मगर संघ कतारका कला तथा सास्कृतिक बिभागका सचिव सोम थापा मगर सल्लाहकार डि एन मगर ,चर्चित लोकदोहोरी गायक बल बिक्रम थापा मगर र गायिका कमला गुरुङले सलोजो , आधुनिक र लोकदोहरी गित गायर उपस्तिथ सम्पुर्ण लाई मनोरंजन गरएका थिए ।

कार्यक्रमका प्रमुख अथिती नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका का.वा अध्यक्ष पुर्षोतम सुनुवारले मगरहरुको एकता दिवसको शुभकामना दिदै सिङ्गो आदिवासी जनजातिहरु संघियता र पहिचानको लागि एकजुट भएर अघि बढनु पर्ने आवश्यकता रहेको जानकारी गराउनु भयो। अन्तमा बोल्नु हुँदै कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले ३५ औं मगर एकता दिवसको शुभकामना दिदै अहिले नेपालमा चलिरहेको मगरात ,पहिचान र संघीयता को लागि मगर संघ कतारले सक्दो सहयोग गर्ने जानकारी गराउनुभयो र कार्यक्रम सफल बनाउन सहयोग गर्ने र उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमलाई समापन गर्नु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको