back
CTIZAN AD

चक्कुले घाँटी रेटेर बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

वि.सं.२०७८ फागुन ४ बुधवार

804 

shares

दाङ । पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए ।

यसअघि बाबुछोराबीच पटक–पटक झगडा हुने गरेको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । आज के कारणले बुबाको हत्या गरेको हो भन्ने बारेमा केही नखुलेको र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

वि.सं.२०७८ फागुन ४ बुधवार २१:११ मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...