back
CTIZAN AD

अफगानिस्तानलाई तीन करोड २० लाख अमेरिकी डलर सहयोग प्राप्त

वि.सं.२०७८ फागुन ४ बुधवार

1.1K 

shares

काबुल ।  अफगानिस्तानले बुधबार मानवीय नगद सहयोगका लागि तीन करोड २० लाख अमेरिकी डलर बराबरको नगद् रकम प्राप्त गरेको अफगानिस्तानको केन्द्रीय बैंकले जनाएको छ ।

‘द अफगानिस्तान बैंक’ (डीएबी) ले आफ्नो आधिकारिक ट्वीटरमार्फत् उक्त कुरा सार्वजनिक गरेको हो ।

“अफगानिस्तानलाई मानवीय सहायताको प्रतिवद्धता अन्तर्गत पछिल्लो तीन करोड २० लाख अमेरिकी डलरको मानवीय सहायताको १५ औं चरणको सहयोग अफगानिस्तान आइपुगेको छ । उक्त रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआइबी) मा जम्मा गरिएको छ ।”

अन्तरराष्ट्रिय समुदायको मानवीय सहयोगको मूल्यांकन गर्दै डीएबीले यस क्षेत्रमा अझ बढी सहयोगको माग गरेको छ ।
अन्तर्राष्ट्रिय समुदायले गत हप्तान्तसम्ममा नौ करोड ६० लाख अमेरिकी डलरको मानवीय सहयोगको प्रतिवद्धता गरेको छ भने यसलाई क्रमशः अफगानिस्तान पठाइनेछ । यो सहयोग गत सप्ताह अन्तदेखि नै मुलुकमा आइपुगेको बैंकले जनाएको छ ।

उक्त बैंकले जारी गरेको तथ्याङ्कअनुसार युद्धग्रस्त एसियाली यस मुलुकले गत वर्षको अगस्ट महिनाको मध्यतिर तालिबानले अफगानिस्तान कब्जा गरेदेखि ३४ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी नगद सहयोग प्राप्त गरेको थियो ।

तालिबानको अफगानिस्तान कब्जापछि संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको नौ अरब अमेरिकी डलरभन्दा बढी सम्पत्ति रोक्का गर्ने घोषणा गरेको थियो ।सिन्ह्वा

वि.सं.२०७८ फागुन ४ बुधवार २०:३६ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...