back
CTIZAN AD

जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखियो

वि.सं.२०७८ फागुन १२ बिहीवार

1K 

shares

चितवन । जिल्लाका अधिकांश क्षेत्रको माटोमा अम्लियपना बढी देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले यही फागुन ४ र ५ गते गरेको माटो परीक्षणका क्रममा अम्लियपना बढेको पाइएको हो ।

परीक्षणका क्रममा ५० प्रतिशत माटोमा अम्लियपना भेटिएको कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । उनका अनुसार २५८ नमूना परीक्षण गरिएकामा १२९ वटामा अम्लियपना भेटिएको हो । माटोमा अम्लियपना बढी भए उर्वराशक्तिमा ह्रास आएको परीक्षणका क्रममा भेटिएको छ । माटोको परीक्षणमा एकदेखि १४ सम्म पिएच हुनेगर्छ । त्यसमध्ये ७ तटस्थ हो । सातभन्दा तल देखिएमा अम्लियपना र माथि भएमा छारिय भनिने उनको भनाइ छ । ६ पिएच सम्मलाई धानखेतीमा राम्रो मानिन्छ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोमा अम्लियपना बढेको उनले बताए ।

यस्तै ५० प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको पौडेलले बताए । माटोमा अम्लियपन र क्षारीय तत्व बढेमा बालीनालीले प्राप्त गर्ने तत्वको कमी हुने र माटोको सूक्ष्म तत्व गुम्ने हुन्छ । विशेष गरी व्यावसायिक खेती गर्ने किसानले अव्यवस्थित रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोको उत्पादकत्व कम हुने उनले बताए । उत्पादन क्षमता कायम राख्दै उत्पादन बढाउन नियमित माटो परीक्षण गराउँदै चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने पौडलले बताए ।

स्थानीय तहले समन्वय गरेर नियमित रुपमा माटो परीक्षण गर्नुपर्ने पौडेल बताउँछन् । किसानले सिफारिस अनुसारको मात्रा प्रयोग नगर्दा माटोमा अम्लियपना बढेको उनले बताए । उत्पादकत्व घट्दै गएपछि प्रधानमन्त्री कृषि आधुनिकिरकण परियोजना कार्यान्वयन एकाइ चितवनले घुम्ती शिविरको आयोजना गरेको हो ।

कार्यालयले भरतपुर महानगरपालिकाका विभिन्न वडामा तरकारी खेती, पूर्वी चितवनमा केरा खेती र धान खेती गरिएका क्षेत्रको माटोको नमूना परीक्षण गरिएको थियो । जिल्लाका सातवटै पालिकाबाट माटोको नमूना सङ्कलन गरिएको पौडेलले बताए । मल तथा माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा गरिएको सो परीक्षणमा नाइट्रोजन मध्यम, फस्फोरस उच्च र पोटास मध्यम देखिएको छ ।

 

वि.सं.२०७८ फागुन १२ बिहीवार १५:१० मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...