back
CTIZAN AD

विद्यार्थीलाई चौरमै राखेर पढाउनुपर्ने बाध्यता

वि.सं.२०७८ फागुन १५ आइतवार

696 

shares

सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाअन्तर्गत फुचा गाउँमा रहेको नीलकण्ठ आधारभूत विद्यालयको अवस्था दयनीय रहेको छ । झट्ट हेर्दा विद्यालयको जस्तापाता पानी चुहिने छन् भने कक्षाकोठाभित्र बसेर पढ्न नसकिने अवस्था रहेको छ । विद्यार्थी अहिले खाली चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको भवन अति नै जीर्ण भएका कारण १६४ भन्दाबढी विद्यार्थीलाई खुला चौरमा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानध्यापक ओमप्रसाद जैसीले बताए ।

सर्केगाड–८ फुचा गाउँमा ८० घरधुरीका परिवार बसोबास गर्दै आएका छन् । गाउँका बालबालिकाले अध्ययन गर्ने विद्यालय श्री नीलकण्ठ आधारभूत विद्यालय हो जहाँ करिब १६४ जना छात्रछात्रा अध्ययनरत छन् । विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा ८ सम्म पढाई सञ्चालन हुँदै आएको छ ।

हुम्ला उच्च हिमाली जिल्ला भएका कारण यहाँ अत्यधिक वर्षा र हिउँदको समयमा बाक्लो हिउँ पर्ने गर्दछ । यस्तैमा स्कूलका कतिपय छतका जस्तापाता हिउँ र चीसोका कारण जीर्ण बनेर प्वाल नै परेका छन् । त्यही समयमा स्कूल नै बन्द गर्नुपर्ने अवस्था पनि आउने गर्दछ । हिमपात र पानी परिरहेका समयमा कक्षाकोठा भित्र पानी पसेर पढाउने अवस्था नभएको प्रधानध्यापक जैसीले बताए ।

जीर्ण रहेको विद्यालय मर्मतका लागि सम्बन्धित सरोकारवाला र स्थानीय सरकारलाई पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएका कारण अवस्था दयनीय बन्दै गइरहेको प्रधानाध्यापक जैसीले गुनासो पोखे ।

विद्यालयका चार भवनमध्ये दुई भवनका चार कोठामात्र राम्रो भएको र बाँकी सबै जीर्ण अवस्थामा छन् । जस्तापातामा पुरै खिया लागेर प्वाल परेको हुनाले घामपानी छेक्न नसक्ने भएकाले विद्यार्थीलाई चौरमै राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनवीर बुढाले बताए ।

विद्यालयको प्राङ्गणमा बालबालिकाले प्रयोग गर्ने चर्पीलगायत खानेपानीको धारासमेत नभएका कारण विद्यालय वरिपरि फोहर थुप्रिएको छ । त्यसका कारण विद्यार्थीले राम्रो शिक्षा पाउनुको साटो उनीहरुमा रोग फैलने खतरासमेत उब्जेको छ । दैनिक सबैभन्दा बढी आवश्यकपर्ने खोनपानीको थप समस्या भएको यहाँका विद्यार्थीलेसमेत गुनासो गरेका छन् ।

अझ यहाँका विद्यार्थीले विद्यालय पोशाक पनि लगाउन पाएका थिएनन् । कुनै सरोकारवालाको पनि ध्यान केन्द्रित नभएपछि, विद्यालय आफैँले स्र्रोत जुटाइ बाँकी शिक्षक, शिक्षिकाको तलबबाट केही प्रतिशत कटाइ करिब १६४ विद्यार्र्थीमध्ये १३३ छात्रछात्रालाई ट्र्याकसुट वितरण गरिएको प्रधानाध्यापक जैसीले बताए ।

वि.सं.२०७८ फागुन १५ आइतवार १३:४४ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...