back
CTIZAN AD

युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन

वि.सं.२०७८ फागुन १५ आइतवार

783 

shares

१५ फागुन । युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको हो ।

अमेरिकाले शनिबार वार्ताका लागि आह्वान गरेकोमा युक्रेनले अहिले वार्ताको औचित्य नभएको जवाफ दिएको थियो । शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको थियो । ती मध्ये तीन जना बालबालिका समेत रहेका थिए ।

युक्रेनी सेना र रुसी सेनाका बीचमा युक्रेनमा आइतबार पनि युद्ध जारी छ । आइतबार युक्रेनको दक्षिणी सरह नोभा काखोभ्कालाई रुसले आफ्नो नियन्त्रणमा लिएको छ । युक्रेनी सञ्चारमाध्यमले नै डीनीपर नदीको किनारमा रहेको यो सहरलाई रुसले नियन्त्रणमा लिएको जनाएका हुन ।

रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको नोभा काखोभ्काका नगरप्रमुखले बताएका छन ।त्यसैगरी युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि रुसी सेना प्रवेश गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

खार्किभका क्षेत्रीय प्रशासन प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको पुष्टि गर्नु भएको छ । नागरिकलाई भने घर भित्रै रहन आग्रह गरिएको छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार १३:४६ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...