Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

युकेमा सल्यक्रिया गर्ने क्रममा ज्यान गयो रेणुको



renu1

युकेमा रेणु सापकोटा गैरेको मृत्यु भएको छ ।  बाग्लुङ गल्कोट हरिचौर चरौंदी घर भई चितवनबासी  २७ वर्षे गैरेको लण्डनको  अस्पतालमा शल्यक्रिया गर्ने क्रममा ६ मार्चकाएक दिन ज्यान गएको  गल्कोट समाज युकेका अध्यक्ष रेशम बुढाथोकीले बताएका छन् ।

श्रीमान  मदन गैरेसँगै युकेमा बस्दै आएकी गैरेको  पाँच महिनाको गर्भाअवस्थामा शल्यक्रिया गर्ने क्रममा आमा र बच्चा दुवैको  ज्यान  गएको थियो ।

गल्कोट समाजका अध्यक्ष  रेशम बुढाथोकीले गैरेको मृत्युमा दुःख व्यक्त गर्दै गल्कोट समाज  युके अत्यन्तै मर्माहत र शोकाकुल भएको जनाएका छन् ।

बुढाथोकीले  गैरेको मृत्यु संस्कारमा सहभागी हुन सम्पूर्ण गल्कोट समाज परिवारलाई  उपस्थिति हुन अनुरोध समेत गरेका छन् ।

‘बाग्लुंग जिल्ला, गल्कोट, हरिचौर-चरौंदीबाट आएर हाल भरतपुर, चितवनमा बसोबास गर्दै आउनुभएका श्री लोकनाथ गैरेका जेष्ठ सुपुत्र श्री मदन गैरेकि २७ बर्षीय धर्मपत्नी श्रीमती रेणु सापकोटा गैरेको पाँच महिनाको गर्भावस्थामा शल्यक्रिया गर्ने क्रममा वेलायतको लण्डन स्थित एक अस्पतालमा यहि मार्च ६, २०१७ का दिन आमा र बच्चा दुबैको असामयिक निधन भएको व्यहोरा साधारण सदस्यहरु तथा शुभचिन्तकहरु माझ औपचारिक जानकारी गराउनु पर्दा गल्कोट समाज युके परिवार अत्यन्त्यै मर्माहत र शोकाकुल छ।

बेलायतको झन्झटिलो कानुनि प्रकृया पुरा गरि अन्ततः मृतकहरुको अन्तिम संस्कार (दाहसंस्कार) यहि आउदो बिहिबार, १६ मार्च, २०१७ मा गरिने भएकोले उक्त मृत्यु संस्कारमा अन्तिम दर्शन तथा अन्त्यष्टि गर्ने तल उल्लेखित स्थानहरुमा गल्कोट समाज युकेको तर्फबाट उपस्थित भइ मृतक श्रीमती रेणु सापकोटा गैरे तथा उहाँको शिशुको सम्मानमा हार्दिक श्रद्दाञ्जली अर्पण गरि शोकाकुल परिवारमा समबेदना प्रकट गरिदिनुहुन गल्कोट समाज युकेका सम्पूर्ण साधारण सदस्यहरु तथा शुभचिन्तकलाई हार्दिक अनुरोध गरिन्छ।’

अन्तिम दर्शन हुने
मिती: १६/०३/२०१७, बिहिबार, बिहान ७:३० देखि ८:३० बजे सम्म।
स्थान: W Uden and Sons Funeral Director, 51-53 Passey Place,
Eltham, SE9 5DA, London

दाहसंस्कार गरिने
मिती: १६/०३/२०१७, बिहिबार बिहान ९:०० बजे।
स्थान: Eltham Crematorium
Crown Woods Way
SE9 2NL
London

शिशुको अन्त्येष्टि गरिने
मिती: १६/०३/२०१७, बिहिबार बिहान ११:०० बजे।
स्थान: Plumstead Cemetery
Cemetery Road (Off Wicham Lane)
SE2 0PB
London

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले