back
CTIZAN AD

नेपाली देशभक्त आवाज भारतका प्रतिनिधिहरुद्धारा बालिकाको उद्धार

वि.सं.२०७३ चैत १ मंगलवार

825 

shares

balikaबाबु रोका, दिल्ली । नवलपरासी निवासी १७ बर्षिय (नाम परिवर्तन) पुष्पा खरेल गत चैत १० गतेको दिन कलेज गएकि त्यो दिन देखि लापता भइ १५ दिन पछि भारतको क्राइम यरिया अलिगढ स्थित गुन्डाहरुको चुङल बाट नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले ती नाबालिक लाई सकुसल उद्दार गर्न सफल रहेका छन |

भारत बाट नेपालमा तन्ना,कम्बल,कपडा आदि इत्यादिको ब्यापार गर्न हिडेका भारतीय ममडेनहरु ले नेपाली सोझा नारि तथा महिलाहरुलाई झुक्काएर फसाउने धन्दा गर्दै आएका दुइ भारतीय नागरिक रिहान र रिहासदले यी बालिकालाइ फसाएर भारत पुर्याइएको समाचारमा खुल्न आएको छ ।भारत पुर्याए पछि फोन गरेर फिरौती मागेको मोबाइल नम्बर ट्रयाक गरि ति बालिका भएको स्थान पत्ता लगाई बचाउन सफल रहेको थियो ।

पीडितले बताए अनुसार घटना फिल्मी स्टाइलमा भएको थियो भने ती बालिकालाइ पनि फिल्मी स्टाइलमा नै ती गिरोहको हातबाट निकाल्न सफल रहेकाछन नेपाली देशभक्त आवाजले गत फागुन देखि अहिलेको फागुन सम्म विभिन्न समस्या तथा बिचल्लीमा परेका १९ जना महिला तथा बालिकाको उद्दार गरेको छ ।

अहिलेको समयमा सबै मानिसहरु पैसाको पछि भागेका हुन्छन तर नेपाली देशभक्त आवाजका प्रतिनिधिहरु नेपाल र नेपालीहरुका निमित्त आफ्नो जिउज्यान बाजि लगाएर आफ्नै खल्ती बाट खर्च गरेर भएपनि निस्वार्थ भावानाले पिडितहरुलाइ उद्दार गर्न हरदम तयार रहेका हुन्छ्न यिनिहरुलाइ कुनै संघ संस्था सरकार या ब्याक्तिहरुले तलब भत्ता दिदैन तरपनी परेको खण्डमा यसरी एक्सन लिएर काम फत्ते गर्ने गरेकाछन ।

हाल दिल्ली एन सि आर क्षेत्रमा हरेक कामकाजमा अब्बल रहेको सो संस्थाले हरेक ब्याक्तिहरुका लागि परि आएको खण्डमा आफू सक्दो सहयोग गर्दै आएकोछ र आगामी दिनहरुमा पनि गरिरहने संस्थाका पदाधिकारीले बताएका छन् साथै हरेक नेपाली नारि तथा महिला दिदीबहिनीहरु यस्ता ब्याक्तिहरु संग सजक भएर बस्न सबैलाई अनुरोध गरेका छन् |

वि.सं.२०७३ चैत १ मंगलवार ०५:५८ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...