back

नेपाली देशभक्त आवाज भारतका प्रतिनिधिहरुद्धारा बालिकाको उद्धार

वि.सं.२०७३ चैत १ मंगलवार

528 

shares
IME Limited
NTC AD

balikaबाबु रोका, दिल्ली । नवलपरासी निवासी १७ बर्षिय (नाम परिवर्तन) पुष्पा खरेल गत चैत १० गतेको दिन कलेज गएकि त्यो दिन देखि लापता भइ १५ दिन पछि भारतको क्राइम यरिया अलिगढ स्थित गुन्डाहरुको चुङल बाट नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले ती नाबालिक लाई सकुसल उद्दार गर्न सफल रहेका छन |

भारत बाट नेपालमा तन्ना,कम्बल,कपडा आदि इत्यादिको ब्यापार गर्न हिडेका भारतीय ममडेनहरु ले नेपाली सोझा नारि तथा महिलाहरुलाई झुक्काएर फसाउने धन्दा गर्दै आएका दुइ भारतीय नागरिक रिहान र रिहासदले यी बालिकालाइ फसाएर भारत पुर्याइएको समाचारमा खुल्न आएको छ ।भारत पुर्याए पछि फोन गरेर फिरौती मागेको मोबाइल नम्बर ट्रयाक गरि ति बालिका भएको स्थान पत्ता लगाई बचाउन सफल रहेको थियो ।

पीडितले बताए अनुसार घटना फिल्मी स्टाइलमा भएको थियो भने ती बालिकालाइ पनि फिल्मी स्टाइलमा नै ती गिरोहको हातबाट निकाल्न सफल रहेकाछन नेपाली देशभक्त आवाजले गत फागुन देखि अहिलेको फागुन सम्म विभिन्न समस्या तथा बिचल्लीमा परेका १९ जना महिला तथा बालिकाको उद्दार गरेको छ ।

अहिलेको समयमा सबै मानिसहरु पैसाको पछि भागेका हुन्छन तर नेपाली देशभक्त आवाजका प्रतिनिधिहरु नेपाल र नेपालीहरुका निमित्त आफ्नो जिउज्यान बाजि लगाएर आफ्नै खल्ती बाट खर्च गरेर भएपनि निस्वार्थ भावानाले पिडितहरुलाइ उद्दार गर्न हरदम तयार रहेका हुन्छ्न यिनिहरुलाइ कुनै संघ संस्था सरकार या ब्याक्तिहरुले तलब भत्ता दिदैन तरपनी परेको खण्डमा यसरी एक्सन लिएर काम फत्ते गर्ने गरेकाछन ।

हाल दिल्ली एन सि आर क्षेत्रमा हरेक कामकाजमा अब्बल रहेको सो संस्थाले हरेक ब्याक्तिहरुका लागि परि आएको खण्डमा आफू सक्दो सहयोग गर्दै आएकोछ र आगामी दिनहरुमा पनि गरिरहने संस्थाका पदाधिकारीले बताएका छन् साथै हरेक नेपाली नारि तथा महिला दिदीबहिनीहरु यस्ता ब्याक्तिहरु संग सजक भएर बस्न सबैलाई अनुरोध गरेका छन् |

वि.सं.२०७३ चैत १ मंगलवार ०५:५८ मा प्रकाशित

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...