back
CTIZAN AD

६ वर्षीया बालिकाको पीडा,भूकम्पपछि सन्तुलन गुम्यो बोली नै बन्द भयो

वि.सं.२०७३ चैत १ मंगलवार

783 

shares

१ चैत, मलेखु,धादिङ  । “गए सालको भूकम्प आउँदा घर नजिकैको स्वास्थ्यकेन्द्रमा गएका थियौँँ । ठूलो भुइँचालो आयो, भुइँ हल्लियो । वरिपरिका घर लडे । हतार हतार घर आइपुग्दा आफ्नो घर पनि लडेछ । हामी घर अगाडि त्रिपाल हालेर बस्यौँ । यो नातिनी लडेर घर हेरी बस्ने र आकाशतिर हेरी टोलाउने गर्न थाली ।”

सल्यानटार गाविस–७ बोक्सो गाउँकी धनकुमारी कुमाल यति भनिसक्दा गम्भीर देखिनुभयो । धनकुमारीकी छ वर्षीया नातिनी वन्दनाको खुट्टामा बाँधेर राख्न थालिएको डेढ वर्षभन्दा बढी भइसक्यो । भूकम्पपछि वन्दनाको अवस्था ठीक भएन । एकोहोरो हिँड्ने, घरबाट निस्केपछि नफर्कने, जे पायो त्यही खाने । घरमा एक्लै छाडेर हिँड्न नमिल्ने र हराउने लड्ने आदि भएपछि उनलाई घरको पिँढीमा बाँधेर राख्ने गरेको हजुरआमा धनकुमारीले बताउनुभयो ।

भूकम्पअघि उनी विद्यालय जान्थिन् । बोल्ने गर्थिन् । विद्यालयमा शिक्षकले पढाएको कुरा घरमा आएर पढ्ने बानी थियो । जब भूकम्पपछि वन्दनाको बोली बन्द भयो, कुमाल परिवारमा दुःखका दिन सुरु भए । अहिले उनी भोक लागेको वा दिसापिसाब आएको केही बताउन नसक्ने अवस्थामा छिन् । खाने बेला भयो होला भनेर खुवाउनुपर्छ । दिसापिसाब गरेकोबारे आमाबुबाले थाहा पाएर मात्र बाहिर लाने गर्छन् । लगाएको कपडामै फोहर गर्ने दिनचर्या नै भएको छ ।

थोरै जग्गाजमिन छ । घरखर्चका लागि परिवारका मानिसलाई ज्यालामजदुरी नगरी हुँदैन । मेलापात गर्नैपर्छ । आफ्नो बच्चाको उपचार गराउँदा गराउँदा लागेको ऋण अब तिर्न नसकिने अवस्था आइसकेको वन्दनाकी आमा कमलाले बताउनुभयो ।

उनको उपचारका लागि काठमाडौँका अस्पतालमा लगेर उपचार गराउँदा धेरै खर्च भइसकेको र उपचारका लागि अब आफूले नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ ।
भूकम्पपछि बनाइएको एउटा सानो कच्ची घर छ । अन्नपात सकिएको अवस्था छ । दुई चारवटा भाँडा छन् । पुरानो भइसकेका कपडाबाहेक उनीहरुसँग केही छैन । ज्याला मजदुरी गर्न जाँदा वा घर छाडेर हिँड्नु पर्दा वन्दनालाई बाँधेर राख्ने गरिएकाले कुनै उपाय भए उपचारका लागि सहयोग गरिदिनुहुन वन्दनाकी आमा कमलाले अनुरोध गर्नुभएको छ ।

वि.सं.२०७३ चैत १ मंगलवार ०७:३१ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...