back

अफिस अनि स्वास्थ्य

वि.सं.२०७३ चैत १ मंगलवार

651 

shares
IME Limited
NTC AD

healthy-officeअहिलेको प्रतिस्प्रधाको समयमा मानिसलाई घरमा भन्दा अफिसमा बढी समय विताउनु बाध्य हुन्छ । उसलाई घरमा भन्दा अफिसमा सुन्दर शान्त र सफा वातावरणको आवस्यकता पर्छ । त्यसैले अफिसमा रहँदा पनि कसरी आफ्नो स्वास्थ्यको ख्याल गर्न सकिन्छ भन्ने उसले सोच्न जरुरी हुन्छ । यस्ता उपायहरु अपनाएर उ अफिसमा स्वस्थ रहन सक्छ ।
कोही स्टाफ बिरामी हुँदा उसलाई मात्रै समस्या हुँदैन कम्पनीलाई पनि हानी हुन्छ । बिमारीको कारण स्टाफलाई छुट्टी लिनुपर्ने हुनाले उसले गर्नुपर्ने काम रोकिएको हुन्छ । तर तपाइले यो बुझ्न जरुरी छ घरमा मात्र नभएर अफिसमा पनि तपाइको स–सानो बानीका कारण संक्रमणको समस्या हुन्छ ।
कसरी बच्ने ?
कतिपय अफिसमा धेरै स्टाफहरु हुन्छन् । तर, हावा खेल्नका लागि झ्याल हुँदैन् । जसको कारण अफिसमा बाहिरबाट आएको हावा खेल्न पाउँदैन हावाको कमी हुन्छ । यसको कारण स्वासप्रस्वासमा समस्या हुन्छ । यसको लागि सम्भव भएसम्म अफिसमा बोस्टन फर्न, किम्बर्ली क्वीन लगातका विरुवा लगाउनु सकिन्छ । साथै अफिसमा कामगर्ने समयमा केही समयको लागि खुला हवामा निस्कनुपनि स्वास्थ्यको लागि फाइदा हुन्छ ।
साबुन पानीले हात धुनुस्
अफिसमा सबैभन्दा जरुरी यो हुन्छ की राम्रोसँग हातको सफाइ गर्नु । दिनभरी काम गर्दा चार–पाँचपटक साबुन पानीले हात धुने गर्नुहोस् । यसले पीएफसी तथा अन्य हानिकारक केमिकललाई ३ गुणा कम गर्छ । हातका साथै तपाइले कामगर्ने ठाउँ पनि सफा राख्ने गनुहोस् । जस्तै तपाइको टेवुल, फोन, टेवुलमा रहेका डायरी, फाइलहरुमा धुलो भरिएका हुन्छन् । यसले तपाइको स्वास्थ्यमा गम्भीर असर गर्दछ । यस्तो धुलोहरु किर्बोड र तपाइको हातको सहारामा तपाइको शरीरमा पुग्छन् । यसकारण हप्ताको एकपटक किटाणु नाश हुने गरी राम्रो सँग आफ्नो कोठा र टेबुल सफाइ गर्नुस् या गर्न लगाउनुस् ।
खानामा ध्यान दिनुहोस्
अफिसमा काम गरिरहँदा खानमा पनि ध्यान दिन जरुरी छ । यदि तपाइ जुन टेवुलमा काम गरिरहनु भएको छ त्यहि टेवुलमा खाना पनि खानु भयो भने तपाइको ध्यान खानामा जाँदैन । का मगर्ने ठाउँमै बसेर खाँदा तपाइको कम्प्युटर, फोन या इमेलमा ध्यान पुग्छ । जसका कारण तपाइ राम्रोसँग खान सक्नु हुन्न । यस्तो बेलामा तपाइले धेरै खाने सम्भावना बढी हुन्छ । जसको कारण शरीरको तौल बढ्नुका साथै विभिन्न प्रकारका समस्या हुन्छ । त्यसकारण खाने खाने समयमा उचित स्थानका साथै खानामा ध्यान दिनु र राम्रोसँग चपाएर खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

वि.सं.२०७३ चैत १ मंगलवार ०७:५३ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...