back
CTIZAN AD

अफिस अनि स्वास्थ्य

वि.सं.२०७३ चैत १ मंगलवार

1K 

shares

healthy-officeअहिलेको प्रतिस्प्रधाको समयमा मानिसलाई घरमा भन्दा अफिसमा बढी समय विताउनु बाध्य हुन्छ । उसलाई घरमा भन्दा अफिसमा सुन्दर शान्त र सफा वातावरणको आवस्यकता पर्छ । त्यसैले अफिसमा रहँदा पनि कसरी आफ्नो स्वास्थ्यको ख्याल गर्न सकिन्छ भन्ने उसले सोच्न जरुरी हुन्छ । यस्ता उपायहरु अपनाएर उ अफिसमा स्वस्थ रहन सक्छ ।
कोही स्टाफ बिरामी हुँदा उसलाई मात्रै समस्या हुँदैन कम्पनीलाई पनि हानी हुन्छ । बिमारीको कारण स्टाफलाई छुट्टी लिनुपर्ने हुनाले उसले गर्नुपर्ने काम रोकिएको हुन्छ । तर तपाइले यो बुझ्न जरुरी छ घरमा मात्र नभएर अफिसमा पनि तपाइको स–सानो बानीका कारण संक्रमणको समस्या हुन्छ ।
कसरी बच्ने ?
कतिपय अफिसमा धेरै स्टाफहरु हुन्छन् । तर, हावा खेल्नका लागि झ्याल हुँदैन् । जसको कारण अफिसमा बाहिरबाट आएको हावा खेल्न पाउँदैन हावाको कमी हुन्छ । यसको कारण स्वासप्रस्वासमा समस्या हुन्छ । यसको लागि सम्भव भएसम्म अफिसमा बोस्टन फर्न, किम्बर्ली क्वीन लगातका विरुवा लगाउनु सकिन्छ । साथै अफिसमा कामगर्ने समयमा केही समयको लागि खुला हवामा निस्कनुपनि स्वास्थ्यको लागि फाइदा हुन्छ ।
साबुन पानीले हात धुनुस्
अफिसमा सबैभन्दा जरुरी यो हुन्छ की राम्रोसँग हातको सफाइ गर्नु । दिनभरी काम गर्दा चार–पाँचपटक साबुन पानीले हात धुने गर्नुहोस् । यसले पीएफसी तथा अन्य हानिकारक केमिकललाई ३ गुणा कम गर्छ । हातका साथै तपाइले कामगर्ने ठाउँ पनि सफा राख्ने गनुहोस् । जस्तै तपाइको टेवुल, फोन, टेवुलमा रहेका डायरी, फाइलहरुमा धुलो भरिएका हुन्छन् । यसले तपाइको स्वास्थ्यमा गम्भीर असर गर्दछ । यस्तो धुलोहरु किर्बोड र तपाइको हातको सहारामा तपाइको शरीरमा पुग्छन् । यसकारण हप्ताको एकपटक किटाणु नाश हुने गरी राम्रो सँग आफ्नो कोठा र टेबुल सफाइ गर्नुस् या गर्न लगाउनुस् ।
खानामा ध्यान दिनुहोस्
अफिसमा काम गरिरहँदा खानमा पनि ध्यान दिन जरुरी छ । यदि तपाइ जुन टेवुलमा काम गरिरहनु भएको छ त्यहि टेवुलमा खाना पनि खानु भयो भने तपाइको ध्यान खानामा जाँदैन । का मगर्ने ठाउँमै बसेर खाँदा तपाइको कम्प्युटर, फोन या इमेलमा ध्यान पुग्छ । जसका कारण तपाइ राम्रोसँग खान सक्नु हुन्न । यस्तो बेलामा तपाइले धेरै खाने सम्भावना बढी हुन्छ । जसको कारण शरीरको तौल बढ्नुका साथै विभिन्न प्रकारका समस्या हुन्छ । त्यसकारण खाने खाने समयमा उचित स्थानका साथै खानामा ध्यान दिनु र राम्रोसँग चपाएर खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

वि.सं.२०७३ चैत १ मंगलवार ०७:५३ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...