back
CTIZAN AD

यसरी पूरा गर्नुस् अफिसमाआफ्नो जिम्मेवारी

वि.सं.२०७३ चैत १ मंगलवार

1K 

shares

office-work-girlमानिस धेरै कुराबाट दुःखी हुन्छ । यो प्राकृतिक नियम पनि हो जीवन जिउने सन्दर्भमा यस्ता धेरै समस्याहरु आइदिन्छन् जसले मानिसलाई तनावमा पारिदिन्छन् । ती तनावमध्ये एक हो जागिर । मान्छे जागिर खोज्ने क्रममा तनाव झेलेको हुन्छ र जागिर पाएपछि पनि तनावमा हुन्छ । मानविय स्वभाव धेरै कुरामा उसको मत मिल्दैन । अनि त्यसका कमजोरीहरु के हुन् नखोजी उ फेरि नयाँ आशा लिएर नयाँ ठाउँमा कामको खोजीमा पुगेको हुन्छ । जहाँ कामगर्ने क्रममा मान्छे केही आफ्ना कारणले दुःखी हुन्छ यातफेरि कामगर्ने कम्पनीको बोस या आफूलाई काम लगाउने म्यानेजरका कारण दुःखी हुन्छ ।
कम्पनीको प्रगति नै आफ्नो प्रगति
कामगर्ने क्रममा कसैलाई लाग्छ, म बिना यो कम्पनी चल्नै सक्तैन् । हो, कम्पनीलाई अगाडि बढाउनका लागि उसको पनि महत्वपूर्ण भूमिका जोडिएको हुन्छ । तर, उसको यस्तो सोचाइ भुल हो की, उ नभए कम्पनी बन्द हुन्छ भन्ने । केही समय उसको ठाउँमा अर्को स्टाफ ल्याएर काम सिकाउनका लागि कम्पनीलाई गा¥हो पर्छ । तर, कम्पनी बन्द गरेर बस्ने अवस्था आउँदैन् । जसरी संयुक्त परिवारमा हरेक सदस्यको आ–आफ्नो भूमिका हुन्छ । हो, कम्पनी पनि त्यसैगरी चलेको हुन्छ । सकारात्मक भूमिका खेलेर कम्पनीलाई माथि उठाउनु कम्पनीका हरेक सदस्यको जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारी पूरा गर्न सकेमा कम्पनी माथि जानुका साथै आफ्नो व्यक्तित्वका साथै आर्थिक वृद्धि पनि सहज हुन्छ । त्यसकारण आफ्नो विकास नै कम्पनीको विकास र कम्पनीको विकास नै आफ्नो विकास सोच्नु राम्रो हुन्छ हरेकका लागि ।
मनमनै बोसलाई गालि गर्नु
कतिपय कम्पनीमा मानिसहरु भित्रभित्रै बोससँग रिसाएका हुन्छन् । डरका कारण आफ्ना मनमा आएका कुरा खुलेर बोल्न सक्तैनन् । तर, उनीहरु यो सोच्दैनन्, कम्पनी चलाउनका लागि बोसहरु त्यहिअनुसार योजना बनाएका हुन्छन् । मेनेजरहरु त्यहि अनुसार निर्देशित हुन्छन् । जो आफ्नो कम्पनीलाई माथि उठाउनका लागि हरसम्भव प्रयासमा रहन्छन् । त्यसकारण उनीहरु आफ्ना स्टाफहरुसँग गहिरो सम्बन्ध राखेर साथी बनाउन चाहादैनन् र उनीहरुको सम्बन्धबाट टाढिन पनि चाहदैनन् । उनीहरु गहिरो सम्बन्धलाई हानिकारक पनि मान्छन् । हानिकारक यसअर्थमा की कतिपय अवस्थामा उनीहरुलाई क्रुर फैसला लिनुपर्ने हुन्छ । त्यतिबेला साथीहरुको बीचमा यो सफल हुन सक्तैन् वा फैसला गर्न सक्तैनन् ।
अरुको प्रमोसनमा रिसाउनु
कतिपय मानिसहरु अरुको प्रमोसनमा रिसाउने गर्दछन् । जबसम्म तपाइको मनमा आफ्नो नेतृत्वप्रतिको गुण दोषको परिभाषा थाहा हुँदैन तबसम्म तपाइको मनमा यहि कुंठाले घर बनाएको हुन्छ । त्यसमा तपाइले यो पनि सोच्नु पर्दछ की त्यो पदको लागि तपाइ सक्षम हुनुहुन्छ की हुँदैन् । कतिपय अवस्थामा तपाइले आफू त्यो पदको लायक छु भनेर प्रमाणित पनि गर्नुपर्दछ । तपाइ आफ्नो कम्पनीमा बोसले अह्राएको काम जिम्मेवारीपूर्वक पूरा गर्दै समय समयमा म यो पदको लागि योग्य छु भन्ने पनि देखाउन जरुरी छ ।
आफ्नो भूमिका राम्रोसँग पूरा गर्न नखोज्ने
कतिपय मानिसहरु हरेक कुरामा आफ्नो जिम्मेवारी फितलो रुपमा प्रस्तुत गर्छन् । उनीहरुलाई दिएको जिम्मेवारी पूरा गर्न खोज्दैनन् । तर, तपाइले यो सोच्न जरुरी छ तपाइ जहाँ पुग्नुस कामका लागि त्यहाँ तपाइको मुख होइन, तपाइको काम हेर्छन । तपाइमा रहेको शीप क्षमता हेर्छन । अनुहारको सुन्दरताले भलै एकदिनका लागि सबैको मन जित्नुहोला । तर, उक्त कम्पनीमा तपाइको आवस्यकता अनुहार देखाउन नभएर कामका लागि हुन्छ । व्यवसायिक जीवनमा डिग्री भन्दा पनि अनुभवको आवस्यकता बढी हुन्छ । यसकारण तपाइ आफ्नो काम गम्भीर भएर गर्नुहोस् । तपाइको जुन कामले बोश खुसी भएर स्यावासी दिन्छन् त्यो काममा ध्यान बढी दिनुहोस् । काम पूरा गर्नका लागि राम्रो भन्दा राम्रो तरिका अपनाउनुहोस् । यदि तपाइले यसरी नै आफ्नो भूमिका पूरा गर्दै जानुभयो भने सम्झनुहोस् की कम्पनीको प्रगति दिनप्रतिदिन बढ्दै गएको हुन्छ त्यसमा तपाइको पनि व्यक्तित्व विकास भएको छ ।
समयको सम्मान गर्नुहोस्
तपाइको कम्पनीमा सबैभन्दा महत्पवूर्ण भूमिका तपाइको बोसको हुन्छ । जिम्मेवारी पनि त्यतिकै बढी हुन्छ । त्यसकारण अफिस सधै समयमा पुग्नुहोस् । समयमा आफ्नो काम सुरु गर्नुहोस् । तपाइलाई लाग्ला तपाइको बोसलाई यी साना साना कुरामा खासै मतलब हुँदैन् । र मतलब पनि राख्दैन् । तर, तपाइले गरेको सानो हेलचेक्रयाइले कम्पनीलाई ठूलो नोक्सान हुन्छ । तपाइको बोसले अफिसका हरेक स्टाफको स–साना काममा ध्यान राखेका हुन्छन् ।

वि.सं.२०७३ चैत १ मंगलवार ०७:४९ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...