
बेलायत । नेपाली जनप्रगतिशील मंच, बेलायतको एकताको अधिवेसन बेलायतको अल्ड्रसटमा भब्यताकोसाथ संपन्न भएको छ ।
नेपाली जनप्रगतिशील मंच, बेलायत भेला आयोजनक समितिका संयोजक सुरेस गौतमको अध्यक्षमा संपन्न यहि १२ मार्च २०१७ मा अधिवेसनमा महान शहिदहरु प्रति एक मिनेट मौनधाराणा गरि सुरु भएको अधिवेसनको प्रमुख अतिथि संयूक्त नेपाली मोर्चा, यूरोपका सुरेन्द्र भुषालले गर्नु भएको थियो ।
नेकपा माओबादी केन्द्र बिदेस बिभागका सदस्य क. तासि लामाले बिसेस अतिथीमा संपन्न भएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा जनसमुदायहरुलाई मंचका सदस्य मनोज अन्जानले स्वागत गर्नु भएको थियो । शहिद परिवार टिकाराज घले तामगंको बिषेस संम्मान गरिएको थियो ।
एकताको अधिवेसनमा प्रमुख अतिथिको तर्फ स्वतगत मन्तयब्य दिदै संयूक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष सुरेन्द्र भुषाले नेकपा माओबादी पार्टी नेपालमा मात्र नभएर बिश्व भरि छरिएर रहेका बिभेदमा परेका समुदायहरुको पक्षमा लड्रने पार्टी हो र राजनैतिक एजेण्डाका हिसावले पहिलो शक्ति भएको प्रवासमा कार्यरत साझा संगठन हौ भन्नेहरुले जनप्रगतिशील मंचलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गर्नु पर्ने बताउनु भयो । साथै वहांले प्रगतिशिलहरुको अन्तराष्ट्रिय समन्वय परिषद निर्माण गरिने जानकारी दिनु भयो ।
बिषेस अतिथी बिदेस बिभाग सदस्य तासि लामाले नेकपा माओबादी केन्द्रका बरिष्ठ सचिवालय सदस्य क. नारायणकाजीको बिषेस सम्वोधन हुने यस कार्यक्रममा नेपालको बिकसित परिस्थितीले हुन नसके पनि निकट भबिश्यमा बेलायतका नेपाली समुदाय बिच कार्यक्रम तया गरिने छ भन्नु भयो । साथै वहाले नेपालको पहिचान भने गोर्खाहरुको देस भनिेर बिश्वमा स्थापित हुनु मा गोर्खा सैनिकहरुको महत्वपुर्ण देन रहेको र गोर्खा सैनिकहरुमाथिनै बिभेद गरिएकोले हाम्रो पार्टी नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रिले यो हामी संपुर्ण नेपालीहरुको समस्या भएकोले बिषेस पहलहरु भएको बिषय हामीलाई जानकारीनै छ भन्नु भयो ।
त्यस्तै अतिथि मगर राँष्ट्रिय मुक्ति मोर्चाको यूरोप ईन्चार्ज विरमान घर्ति मगरले बर्गिय मुक्ति र जातिय मुक्ति एक आर्काका पुरक भएकाले संपुर्ण जनजातिहरु जातिय मुद्धाको सवालमा गंभिर हुनु पर्ने बताउनु भयो । त्यस्तै अर्का अतिथी मंचका सल्लाहकार पुर्ण लोक्समले बेलायतमा गोर्खाजको समस्याको बिषयमा यो मोर्चा दत्तचित भएर लागेको बताउनु भयो । साथै वहाले नेपालको राजनितिक आन्दोलनमा यो संस्था अग्रस्थानमा रहेर काम गरेको छ र आउने दिनमा पनि बेलायतमा अग्रणी भुमिका निभाउने छ भन्ने भयो ।
मंचका पुर्व अध्यक्ष रण केसीले अतिथिहरुलाई धन्यवाद दिदै हिजोका दिन हामी बिभाजित भएका थियौ अहिलेको एकाता अधिवेसनले संसार भरि रहेका प्रगतिशिल प्रवासी नेपालीहरुलाई उत्साहा थपेको बताउनु भयो । पहिलो चरणको कार्यक्रमलाई मंचका सल्लाहकार सुरेन्द्र श्रेष्ठले संचालन गर्नु भएको थियो । एकताको अधिवेसन सफलताको सुभकामना एनआरएन यूकेका अध्यक्ष मुछेन्द्र गुरुङ्ग, यूरोप संयोजक कुल आचार्य, जनसंपर्क समितिका प्रबेस क्षेत्रि, संघिय समाजबादी तिलेगा बिश्वदीप लिलेगा प्रवाशी नेपाली संघ, बेलायत राम सरण सिंखडा, आईएनएफ यूकेको संयोजक ड.चन्द्र लोक्जम, गेसोको सचिवालय सदस्य नरजंग राई, सत्यग्रहका अभियानकर्ता ज्ञानराज राई, जनजाति माहासघंका महासचिव कर्मा शेर्पा, बिश्वकर्मा वलेफरका अध्यक्ष होम बहादुर बिश्वकर्मा, प्रवासी नेपाली एकता समाजका अध्यक्ष रोसन सापकोटाहरुले अधिवेसन सफलताको कामना गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो सेसन बन्द सत्रमा मंचका पुर्व अध्यक्ष कर्ण शाहीको संयोजकमा तिन सदस्यीय अध्यक्षमण्डल गठन गरि कार्यक्रम सुरु गरेको छ । कार्यक्रममा मंचका संयोजक सुरेस गौतमले प्रस्तुत गर्नु भएको प्रतिवेदन हलले पास गरेको थियो । साथै संस्थाको बिधानलाई केहि संसोधन सहित पास गरिएको थियो । कोषाध्यक्षको प्रतिवेदनलाई कोषाध्यक्ष ठाकुर शर्माले प्रस्तुत कोषलाई पारित गरिएको थियो । अध्यक्ष मण्डललाई निर्वाचन समितीमा परिवार्तन गर्दै निर्वाचन समितिले कार्यसमिति चयन गरेको थियो ।
नेपाली जनप्रगतिशील मंच, बेलायतको आगामी कार्यकालकालागी सुरेस गौतमको अध्यक्षमा १ सदस्य पछि थप्ने गरि २५ सदस्य कार्यसमिति निर्माण गरेको छ ।
कार्यसमितिमा उपाध्यक्षहरु गणेस राना, श्याम सेरचन, मनोज अञ्जान, फुल प्रसाद कणेल, बिनोद ज्ञावाली, महासचिव ठाकुर प्रसाद सर्मा, सचिव अरुण थापा, कोषाध्यक्ष सहकोषध्यक्ष राजेन्द्र गुरुगं, सदस्यहरु कपिल श्रेष्ठ, मिलन लिम्बु, पदम राई, पार्वती पाण्डे, बिलास लामिछाने, दिपक गरुगं, बिसन गुरुगं, रुद्र गैरे, भेष पुन, बल बहादुर गुरुगं लिम्बु, बिबेक राई, लक्षमण न्यौपाने, टिका गौचन, सुशिल गुरुगं, रबि घिमिरे रहनु भएको छ ।
निर्वाचित कार्यसमितीलाई निवर्तमान अध्यक्ष रण केसी बधाई तथा सुभकामना दिनु भएको थियो ।त्यस्तै उपस्थित संपुर्ण प्रतिनिधी पर्यबेक्षकहरुले खाता लगाई बधाई दिएका थियो । कार्यक्रममा मनोज अन्जानले संस्कृतिक अत्यन्त ब्यवस्थित गर्दै कलाकारद्धय एलिजा बिक, सुमिरा थापाले कर्यक्रममा उत्साहा थप्दै उपस्थितहरुलाई मनोरञ्न थपेको थियो।
हल खचाखच भरिएर ठाउ अपुग भए पछि उपस्थितीहरुले ठुलो हलको माग गरेका थिए । अधिवेसन एउटा पर्व पनि भएकोले खानाको ब्यवस्था गरिएको थियो ।
उपस्थितहरुले नेपाल र बेलायतमा भएका गतिबिधि बिषमा बुभ्mने मौका मिलेको बताएका थिए । बेलायतमा स्थापित काम गर्दै आएको संस्था नेपाली जनप्रगतिशिल मंच, बेलायत बेलायतबासीहरुको भरोसाको सस्था हो भन्ने चर्चा अहिले सुन्ने गरेको छ । कार्यक्रम सफल गर्न स्थानिय कमिटी र हल ब्यवस्थापनमा खट्नु भएका कपिल श्रेष्ठ लगायतको टिमलाई आयोजक समितिले धन्यवाद दिएको थियो ।