Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

 घरको चारतला माथिबाट खसेर कुवेतमा नेपालीको मृत्यु



kuwait deathकुवेतमा घरको चारतलाबाट खसेर एक नेपालीको ज्यान गएको छ । संखुवासभा घर भई कुवेतको मागफमा बस्दै आएका सचिन राईको आफू बस्ने बिल्डिङको चारतलाबाट खसेर ज्यान गएको हो ।
सोमबार दिउसो सोहि बिल्डिङमा सबै मिलेर होली मनाइरहेका बेला मादक पदार्थ सेवन गरेको र आपसी झगडा हुँदा आवेशमा आएर सचिनले रातको ११ः१५ तिर आफ्नो कोठाको झ्यालबाट हाम फालेर आत्महत्या गरेको कुवेतबाट संचालन हुने परदेशी खबर डटकमले जनाएको छ ।
अवैधानिकरुपमा कुवेतमा बसिरहेका उनले आत्महत्या गरेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर ३ जनालाई सोधपुछ गरेर छाडेको र एक महिलासहित तीनजनालाई नियन्त्रणमा राखिएको जनाइएको छ ।
यस बारेमा नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङदेनसँग सम्पर्क गर्दा घटनाबारे जानकारी आएको तर यकिन के हो भन्ने बारे अझै प्रष्ट भई नसकेको जानकारी दिनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले