back
CTIZAN AD

कविता : केवल युद्ध, युद्ध, युद्ध

वि.सं.२०७८ फागुन २२ आइतवार

2.7K 

shares

के.टी उत्तम, सिलगढी, पश्चिम बंगाल

कसैको जमीन खोसिने
कसैको घमण्ड तोडिने
कसैको शक्ति प्रदर्शन गरिने
केवल युद्ध, युद्ध, युद्ध…

कसैको माँग पुगेन
कसैको जिद पुगेन
कसैको अहंकार दबेन
कसैको सन्धिलाई मानेन
केवल युद्ध, युद्ध, युद्ध…

माने कि देखायौ युद्ध विभिषिका
तर वास्तवमा के प्राप्त ग¥यौं ?
जो पाउनु थियो त्यो त गयो गयो
जो आफूसित थियो त्यो पनि गुमायौ ।
तिम्रो हात एउटै कुरो पायौ
केवल युद्ध, युद्ध, युद्ध…

युद्ध यदि देशहरुमाझ भए
सबै संहार हुन्छ मित्र
युद्धले आकाशमा आगो बर्षाँउछ
जमीनमा उथुलपुथुल ल्याउँछ
बनिएको गाउँ–शहर, जङ्गल बस्ती
वातावरण् अनि पर्यावरण सबै
सबै बन्छ ध्वस्त, निरस्त अनि पस्त
मन्द मन्द मुस्काँउछ त
केवल युद्ध, युद्ध, युद्ध…

रहन्छ त चारैतिर जताततै
आगोले जलेका शहर
कालो धुँवाको डेरो
अस्त व्यस्त लडेका लाशहरु
रोदन अनि तड्पी रहेका आर्तनाद
त कतै अनाथहरुका क्रन्दन
र पनि मन पराउँछन्
केवल युद्ध, युद्ध, युद्ध…

फौजी पति नफर्किन्दाको पीडा विधवीलाई सोध्नु
घरको दियो निभ्दाको व्यथा आमालाई सोध्नु
निर्दयी बिजेताले कुल्चेका बालिकाहरुलाई सोध्नु
ती भोकग्रस्त तड्पिएका ती भिखारीहरुलाई सोध्नु
जित्नेले त खुशी पायो तर हार्नेहरुले त पाए
केवल युद्ध, युद्ध, युद्ध…

हुने खाने सरकारी जागीरेले महलमा खान्छन्
तिमीले माँग्दा युद्धको कथा सुनाउँछन्
खर्चको लागि केवल ऋृणको वृतान्त देखाउँछन
महँगाईको बेतले सबैलाई चुट्छन् त्यो अलग्गै
तर भोकै सुत्ने ती गरिबहरुले
कहिले पो माँगेको थियो र
युद्ध, युद्ध, युद्ध…

सभ्य बनौं अनि बन्द गरौं सीमानाका कुराहरु
मानवताको आधारमा नखोलौं कुट्नैतिक छुराहरु
स्नेहा, विश्वास अनि एकात्मकताले चलोस् सारा संसार
आऔं प्रण गरौं नफुटोस् घरमा कसैको पनि चुराहरु
प्रार्थना गरौं अब उसो त्याग्न सकौं
केवल युद्ध, युद्ध, युद्ध…

वि.सं.२०७८ फागुन २२ आइतवार १२:४१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...