back
CTIZAN AD

विभिन्न कार्यक्रमका साथ सेञ्चुरी बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न

वि.सं.२०७८ फागुन २७ शुक्रवार

924 

shares

२७ फागुन, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गर्दै बैंक आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटो छरितो एवं गुणस्तरिय सेवा प्रदान गर्ने बताए ।

एघार वर्ष अघि स्थापित बैंकको चुक्तापूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोड भन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट एघार सय भन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको बताए । उनले बैकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई शेयरधनी, कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त समारोहमा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । उनले संस्था स्थापनाकाल र यस बैंकलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गर्नु भएका सबैलाई हार्दिक सम्मान व्यक्त गर्दै आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बतए । सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित डा। भगवान कोइराला लगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई ५० हजार नेपाल रेडक्रस सोसाईटी कमलामाई सिन्धुलीलाई गरिव तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा सहयोग गर्न स्वास्थ्य सेवा कोष स्थापनाका लागि रु एक लाख सहयोग प्रदान गरेको छ ।

एघारौं वार्षिकोत्वका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता, शिक्षा क्षेत्रमा सहयोग, संचेतना अभिवृद्धि, स्वास्थ्य, रक्तदान, परोपकार, वातावरण संरक्षण, सरसफाइ, लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको वेलवारी, वुटवल, धरान, लामीडाँडा, बेलाटारी, चिचिला, गरुडा, जलेश्वर, गौशाला, जनकपुर, वद्रिवास, सिराहा, धुलिखेल, पनौती, साँगा, मनहरी, धार्के, टेकु, बुटवल, लेते मुस्ताङ, नेपालगञ्ज, वेलाटारी, धनगढी, सती लगायतका शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन ।

बैंकको रंगेली शाखाले डेन्टल शिवीर, झुम्का शाखाले आँखा चेक जाँच शिविर संचालन गरेको छ । कटारी शाखाले स्थानीय राधामन्दिर सरसफाइ, कमलामाई शाखाले कालीमाई मन्दिर, हलेशी शाखाले ऐतिहासिक हलेशी महादेव मन्दिर सरसफाइ, आठबीसकोट शाखाले नगरपालिकाको वार्ड नंं ९ मा डष्टविन वितरण गरेको छ । त्यसैगरी विराटनगर, भैरहवा, परासी र कोहलपुर शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा ५१ जना, भैरहवामा ३६ जना, परासीमा २८ जना र कोहलपुरमा २६ जनाभन्दा बढीले रक्तदान गरेका थिए ।

दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १२:२० मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...