back
CTIZAN AD

छन्द कविता : युवालाई आव्हान

वि.सं.२०७८ फागुन २८ शनिवार

2.1K 

shares

मोहन गौतम, गान्तोक, सिक्किम

हे युवा अब कर्तव्य गर्न उठेर लागन
ज्ञानको ज्योति बालेर अब कार्यमा जागन
आजको युवा देशको सान विश्वमा चम्कने
लौ उठौँ जागौँ मिलाई सुर तालमा लम्कने ।।

हुदैन गर्नु अबेर अब आलस्य फालौन
नसाचौँ काम आजनै गरौँ जाँगर पालौन
असर हुन्छ लौ मीठो बोलौं मानव बोलिको
गोलीको भन्दा असर गर्ने भविष्य भोलीको ।।

गरेर सेवा फलाई मेवा पकाई खानु छ
हाँस न हाँस पिरती गाँस मरेर जनु छ
धनको राजा मनको पाजी नबनौं कसैले
मनको राजा भएर ताजा उठौंन सबैले ।।

जो हुन्छ होचो उसैमा घोचो नगरौं कसैले
दीनको हात समाई साथ उठाऊँ सबैले
मरेर जन्छौँ के साथ लान्छौँ सोलामा खरानी
अन्तमा हुन्छ आत्मको शान्ति माटाको सिरानी ।।

झ्याउरे लोक : छन्द

 

वि.सं.२०७८ फागुन २८ शनिवार ०८:२३ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...