back
CTIZAN AD

लघुकथा : बाबु छोराको सम्वाद !

वि.सं.२०७८ फागुन २८ शनिवार

1.3K 

shares

जी के शर्मा, गान्तोक, सिक्किम

छिमेकमा एकजना व्यक्तिको असामयिक निधन भयो । छोरो दिनभरी खटेर बेलुका घर आयो । त्यो घरकी आमा साह्रै सहनशील स्वभाव कि नारी हुन् । आमाको मन न हो, खायो खाएन भनेर एककप चिया दिन के लागेकी थिइन्, बाबु चाहिंले मार गाली गर्दै भन्यो –‘एइ लठुवा ! तँलाई त्यहाँ गएर दिनभरी खटेर कामगर्न कसले अनुमति दियो हँ ? न जात मिल्छ न धर्म मिल्छ, न वर्ण र वर्गनै मिल्छ तेसको हामीसँग ! छिमेकी हो परेको बखत हार गुहार गर्नुपर्छ । हामी जातमा ठूलो, धर्ममा हाम्रो अलग पहिचान र स्थान अलग छ ! तँ पढेलेखेको जवान मान्छे होस् ! बुझेर मात्र कदम अघि बढाउनुपर्छ हौ लठुवा छोरा ! किन गइस् त्यहाँ ? मलाई जवाब दे !’

विवेकपूर्ण ढङ्गले छोराले शान्तभावसँग बाबुलाई भन्यो –‘हेर्नुस् बाबा ! तपाईंको मुखबाट निस्केका एक एक शब्द काँडारुपी वाणहरू हुन् ! म किन गएँ किन काम सघाएँ त्यो दोस्रो विषय हो ! पहिलो कुरा त मैंले पाठशालामा पढ्दा सुनेको छु ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा ! त्यसैले छिमेकीको घरमा आपद विपद परेको समयमा रमिता हेर्ने त पशु बराबर हुन्छ ! अर्को कुरा बाबा ! तपाईंले जात, धर्म, वर्ग र वर्णको कुरा गर्नु भयो नि, मैंले त त्यहाँ कुनै जात मरेको देखिनँ, कुनै धर्म मरेको देखिनँ, न कुनै वर्ग नै मरेको देखें ! जसको घरमा आज लास लडिरहेको छ नि त्यो एउटा मान्छेको निधन भएको देखें ! न हिन्दु मरेको छ न क्रिश्चियन मरेको छ न बुद्धिस्ट न मुस्लिम मरेको छ ! बाबा, जात त कहाँ मर्छ र ! धर्मको निधन भएको छ भनेर कतै ढोल पिटेको देख्नुभएको छ ? मर्न त एउटा मान्छे पो मर्छ त हौ, जो सृष्टिको सबैभन्दा सुन्दर जीव मर्छ ! म तपाईं र आमा जस्तै त्यो घरमा एउटा मान्छेको पो निधन भएको छ त ! त्यहाँ जात म¥यो ? त्यहाँ कुन धर्मको निधन भयो ? हरेक जीव जन्तुमा पुलिंग र स्त्रीलिंग हुन्छन्, त्यस्तै सृष्टिको प्रथम उपज मानिसको संसारमा स्त्री र पुरुषमात्र हुन्छन् भने मान्छेले मान्छेको सेवा गरेन भने कुन पशु त्यहाँ उपस्थित भएर हार गुहार गर्ला ! मैंले त म र तपाईं जस्तै मान्छेमात्रको पो निधन भएको देखेर काम सघाएको हुँ, बाबा !’

बाबु चाहिं जुरुक्क उठेर दैलोभित्र पस्न लाग्दा आमा र छोराले केही शब्द सुने, ‘थुइय मेरो विवेक !’

वि.सं.२०७८ फागुन २८ शनिवार ०८:२५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...